गूगलले प्ले स्टोरेलाई थप सुरक्षित बनायो, एप्सलाई कल लग र मेसेजको पहुँचमा लगाम लगायो

Technology Khabar २६ आश्विन २०७५, शुक्रबार

गूगलले प्ले स्टोरेलाई थप सुरक्षित बनायो, एप्सलाई कल लग र मेसेजको पहुँचमा लगाम लगायो

काठमाडौं ।

काठमाडौँ । गूगलले स्मार्टफोन यूजर्सको गोपनियतालाई ध्यानमा राखेर गूगल एपमा नयाँ अपडेट गरेको छ । एन्ड्रोयर्स यूजरहरु जो प्राइभेसी चाहन्छन उनीहरुका लागि डाटा चोरी वा ह्याकिंगबाट बच्न नयाँ अपडेट महत्वपूर्ण हुनेछ ।

कम्पनीले थर्ड पार्टी डेभलपर्सका लागि नयाँ गाइडलाईन जारी गरेको छ, जून प्ले स्टोरका लागि हो ।

अब केबल डिफल्ट एप्सलाई मात्र कल र टेक्स्ट म्यासेज पठाउने अनुमति हुनेछ । गूगलकाअनुसार कल लग र म्यासेजको अनुमति केबल फोनको डीफल्ट एपसँग हुनेछ । एन्ड्रोयड एप डेभलपर्सललाई गूगलले ९० दिनको समय दिएको छ, जून अवधिमा उनीहरुले आफ्नो एप्स अपडेट गरुन् ।

केहि दिनअघि मात्र गूगलले गूगल प्लसका ५ लाख यूजर्सको डाटा असुरक्षित भएको जानकारी दिएको थियो । त्यसपछि नै कम्पनीले यूजर्सका लागि गूगल प्लस बन्द गर्ने घोषणा गरेको थियो ।

गूगलकाअनुसार एसएमएस रिट्राइभर एपीआई, एसएमएस यन्टेन्ट एपीआई र सेयर इन्टेन्ट एपीआई वा डायल इन्टेन्ट एपीआईजस्ता सर्भिसलाई मात्र कल एसएमएस, र कल लगको एक्सेसको अनुमति दिने छ ।

यसैगरि कम्पनीले आफ्नो एप्सलाई मटेरियल थिम यूआईका साथ अपडेट र रिलिज गरेको छ । यो अपडेट एन्ड्रोयड मेसेजेज, क्यालेण्डर, गूगल फोटोजका साथै अन्य एप्सका लागि ल्याएको हो ।

सबैभन्दा पहिले यो अपडेट गूगल होम एपमा दिईएको छ ।

Global Bank
easy care

प्रकाशित: २६ आश्विन २०७५, शुक्रबार

ताजा समाचार