चारवटा मुख्य क्यामरा भएको सामसंग ग्यालेक्सी ए नाइन सार्वजनिक, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज

Technology Khabar २६ आश्विन २०७५, शुक्रबार

चारवटा मुख्य क्यामरा भएको सामसंग ग्यालेक्सी ए नाइन सार्वजनिक, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज

काठमाडौं ।

काठमाडौँ । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले पहिलो पटक चार रियर क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले केहि दिनअघि मात्र तीन रियर क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको थियो भने हाल चारवटा रियर क्यामरा भएको ‘ग्यालेक्सी ए ९'(Galaxy A9) सार्वजनिक गरेको हो ।

संभवत यो इंडष्ट्रिको पहिलो मेनस्ट्रीम स्मार्टफोन हो जसमा चार रियर क्यामरा प्रयोग गरिएको छ ।

सामसंग ग्यालेक्सी ए ९ स्मार्टफोनमा ६.३ इन्चको फुल एचडी प्लस इनफिनिटी डिस्प्ले राखिएको छ जसको एस्पेक्ट रेसियो १८.५ः९ छ । यो फोनमा क्वालकम स्न्यापड्रागन ६६० प्रोसेसर राखिएको छ भने फोनमा ८ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । यो फोनको अर्को भेरिएन्टमा ६ जीबी र्याम राखिएको थियो ।

फोटोग्राफीका लागि यो स्मार्टफोनमा क्वाड रियर क्यामरा सेटअप (quad-camera setup) छ । यो फोनको प्राइमरी क्यामरा २४ मेगापिक्सेलको छ भने दोस्रो क्यामरा १० मेगापिक्सेलको टेलीफोटो सेन्सर रहेको छ । तेस्रो क्यामरामा ८ मेगापिक्सेलको १२० डिग्री वाइड एंगल लेन्स राखिएको छ भने चौथो क्यामरा ५ मेगापिक्सेल डेप्थ क्यामरा रहेको छ । सेल्फीका लागि भने २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो स्मार्टफोनमा फिंगरप्रिन्ट रिडर पछाडिको भागमा छ, साथै फेस अनलक टेक्नोलोजी पनि छ । फोनमा पावरका लागि ३८०० एमएएचको ब्याट्री प्याक राखिएको छ भने फास्ट चार्जिंग राखिएको कम्पनीले उल्लेख गरेको छ । एन्ड्रोयड ओरेयोमा आधारित स्मार्टफोन ब्ल्याक, ब्लू र पिंक कलर अप्सनमा उपलब्ध हुनेछ ।

यो फोनको शुरुवाती बजार मूल्य ५९९ यूरो तोकिएको छ भने नोभेम्बरदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: २६ आश्विन २०७५, शुक्रबार

ताजा समाचार