ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको बढ्दो भीड, भर्खर लन्च भएका नयाँ स्मार्टफोनको माग धेरै

काठमाडौं । ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर आयोजना गरिरहेको दशैं मोबाइल मेलामा ग्राहकहरुको अपार भीड देखिएको छ । मोबाइल फोनमा पाएको अधिक छुट र विभिन्न कम्पनीहरुको उपहार योजनाले गर्दा ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको भीड देखिएको हो ।

मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा संचालन भईरहेको दशैं मोबाइल मेला यहि २०७५ असोज २३ गतेदेखि २०७५ असोज ३१ गतेसम्म संचालन हुने संघले जानकारी दिएको छ ।

हरेक मोबाइलमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट पाईने हुँदा ग्राहकहरु मोबाइल किन्न ताम्राकार नै आउने गरेको मोबाइल व्यवसायी संघका सचिव गूरुदत्त शर्माले बताए । ‘हामीले ग्राहकहरुलाई बढि भन्दा बढि छुट र सेवा दिईरहेका छौं, ग्राहकहरु पनि निकै खुशी भएका छन्,’ उनले भने ।

उनले कम्प्लेक्समा यसपटक मोबाइल खरिदमा एउटा इनर्जी ड्रिंक सित्तैमा दिएको हुँदा ग्राहकहरुले नौलो अनुभव गरेको जानकारी दिए ।

दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्नेछन् ।

त्यसैगरि ताम्राकार कम्प्लेक्समा आउने ग्राहकहरुले बजारमा नयाँ आएका स्मार्टफोनहरु खोज्ने गरेको सोहि स्थानमा व्यवसाय गर्दै आएका मोबाइल व्यवसायी संघका कोषाध्यक्ष अनिल ढकालले बताए । ‘ताम्राकार मोबाइल बजारको मूख्य केन्द्र भएको हुँदा यहाँ नेपालमा लन्च भएका सबै किसिमका स्मार्टफोनहरु सबैभन्दा पहिले उपलब्ध हुने हुँदा ग्राहकहरु सोधेरै आउने गरेका छन्,’ कोषाध्यक्ष ढकालले भने ।

ताम्राकार कम्प्लेक्समा न्यूनतम रु १,०००/– देखि रु१,५०,०००/–सम्मका मोबाइल फोनहरु उपलब्ध छन् । त्यस्तै ग्राहकहरुको लागि विभिन्न कम्पनीहरुको सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा ग्राहकहरुका लागि आफूसँग भएको पुरानो मोबाइल साटेर नयाँ मोबाइल किन्ने एक्सचेन्जको सुविधा उपलब्ध छ । ताम्राकार कम्प्लेक्समा नै रु.१ मा स्मार्टफोन दिने सेवा पनि उपलब्ध रहेको छ, जहाँ ग्राहकले मासिक किस्ताबन्दीमा स्मार्टफोन किन्न सक्दछन् ।

दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् ।

यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्नसक्ने संघले स्पष्ट पारेको छ ।

दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु.२०/– संकलन गरेर मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको अस्पताललाई उपलब्ध गराउने बताईएको छ ।

कम्प्लेक्समा सामसंग, ह्वावे, एप्पल, भीभो, जिओनी, शाओमी, ओप्पो, माइक्रोम्याक्स,सोनी, वानप्लस, लाभा, लेनोभो, मोटोरोला, कलर्सलगायतका ब्राण्डका स्मार्टफोन तथा फिचर फोनहरु उपलब्ध रहेको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।