नेट टिभिले दशैंमा ल्यायो ‘एकमा अर्को एक सित्तैमा’ अफर, मोबाइलबाटै दशैंमा सिनेमा हेर्न सकिने

काठमाडौं । नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । एनआईटिभी कर्पोरेशनको लगानी रहेको नेटटिभी गुगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।

नेट टिभीले दशैंको अवसर पारेर “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । अफरअनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैमा टिभी हेर्न पाइनेछ ।

मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने नेट टिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैयाँ ९९ पैसादेखि नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेट टिभीको एपमा लिन सक्नेछन् ।

यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीतलगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेट टिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।

न्यु आइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेटफर्म प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Cheap Sex Cam Website

Leave a Reply