एभरेष्ट बैंक र फिनसर्टबीच रेमिट्यान्स सम्झौता,दक्षिण कोरियाबाट रकम पठाउन सकिने

Technology Khabar २४ आश्विन २०७५, बुधबार

एभरेष्ट बैंक र फिनसर्टबीच रेमिट्यान्स सम्झौता,दक्षिण कोरियाबाट रकम पठाउन सकिने

काठमाडौं ।

काठमाडौं । एभरेष्ट बैंक र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईन कर्पोरेट बीच रेमिट्यान्स सम्झौता भएको छ । सो सम्झौतापछि दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुनेछ ।

सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।

क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्नेछ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एप्लिकेसन रहेको छ ।

कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइन सर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेष्ट बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।

रेमिट्यान्स फिनसर्टबाट प्राप्त भएसँगै देशभर रहेको एभरेष्ट बैंकका ८२ वटा ब्रान्च र ५५०० रेमिट्यान्स एजेन्टहरुमार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २४ आश्विन २०७५, बुधबार