गोल्डफिश इन्टरनेशनल अब नेपालको ‘एसएमएल इसुजु’ को आधिकारीक बिक्रेता

Technology Khabar २४ आश्विन २०७५, बुधबार

गोल्डफिश इन्टरनेशनल अब नेपालको ‘एसएमएल इसुजु’ को आधिकारीक बिक्रेता

काठमाडौं ।

काठमाडौं । एसएमएल इसुजुले गोल्डफिश इन्टरनेशनल (लक्ष्मी समुह अन्तर्गत एक संस्था) लाई नेपालको लागि आधिकारीक विक्रेता रुपमा नियुक्त गरेको छ । नेपालको लागी लक्ष्मी प्रीमियम मोटर र गोल्डफिश इन्टरनेशनलले व्यापारिक प्रायोजनका लागी सवारी लिएर आएको छ ।

एसएमएल इसुजु(SML ISUZU) ले उत्कृष्ट उत्पादनको साथै उत्कृष्ट सेवा दिने बाचा गरेको छ । लक्ष्मी समुहले उपभोक्ताहरुलाई खोजेको जस्तै विश्वसतरीय उत्पादन तथा गुणस्तरीय सेवा दिदै आएको छ, जुन नेपाली बजारका लागि उपयुक्त भएको कम्पनीको दाबी छ ।

नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २४ आश्विन २०७५, बुधबार

ताजा समाचार