हुण्डाईको नयाँ थ्रीएस सेन्टर अब बिरगंजमा

Technology Khabar २४ आश्विन २०७५, बुधबार

हुण्डाईको नयाँ थ्रीएस सेन्टर अब बिरगंजमा

काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित बिरगंज स्थित आफ्नो डिलर अर्किड मोटो कर्प प्रालिको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर संचालनमा ल्याएको छ ।

बिरगंज र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिएको हो ।

सेन्टरको उद्घाटन बिन्देश्वर प्रसाद साह तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरे ।

बिरगंजको मुख्य स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रीएस सेन्टरको सोेरुममा ३ देखि ४ वटासम्म गाडि डिस्प्ले गरिनेछ, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

लक्ष्मी ईन्टरकन्टिनेन्टलले काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, दाङ, बिर्तामोड, जनकपुर, बिराटनगर, धनगढी, इटहरी, नेपालगञ्ज र बिरगंज जस्ता प्रमुख शहरहरुमा १४ वटा डिलरसिप स्थापना गरिसकेको जनाएको छ ।

प्रकाशित: २४ आश्विन २०७५, बुधबार

Comments are closed.

Loading...