गूगल पिक्सेल ३ र पिक्सेल ३एक्सएल स्मार्टफोन सार्वजनिक, पहिलो पटक वायरलेस चार्जिंगको सुविधा

Technology Khabar २३ आश्विन २०७५, मंगलवार

गूगल पिक्सेल ३ र पिक्सेल ३एक्सएल स्मार्टफोन सार्वजनिक, पहिलो पटक वायरलेस चार्जिंगको सुविधा

काठमाडौं ।

काठमाडौं । गूगलले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन पिक्सेल ३ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार न्यूयोर्कमा आयोजित इभेन्टमा गूगल पिक्सेल ३ (Google Pixel 3) का साथै गूगल पिक्सेल ३ एक्सएल (Google Pixel 3XL) पनि लन्च गरेको हो ।

कम्पनीले गूगल पिक्सेल स्मार्टफोनका साथमा पिक्सेल स्लेट र गूगल होम हब स्मार्ट स्पीकर्स पनि लन्च गरेको छ ।

कम्पनीले यसअघि ल्याएको गूगल पिक्सेल २ को अपडेटेड भर्सनको रुपमा पिक्सेल ३ ल्याएको छ । पिक्सेल ३ मा ५.५ इन्चको डिस्प्ले राखिएको छ भने पिक्सेल ३ एक्सएलमा ६.३ इन्चको डिस्प्ले छ ।

गूगलले पहिलो पटक पिक्सेल ३ र पिक्सेल ३ एक्सएलमा वायरलेस चार्जिंग सपोर्ट उपलब्ध गराएको छ, जसमा १० वाटको चार्जर दिईएको छ । कम्पनीले वायरलेस चार्जिंगको लागि पिक्सेल स्ट्याण्ड पनि लन्च गरेको छ, जसलाई छुट्टै किन्नुपर्ने हुन्छ ।

गूगलका नयाँ स्मार्टफोनहरुमा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ भने दुबैमा ४ जीबीकोे र्याम रहेको छ । फोन दुई स्टोरेज अप्सन ६४ जीबी र १२८ जीबी स्टोरेजमा उपलब्ध हुनेछ ।

फोटोका लागि स्मार्टफोनमा सिंगल क्यामरा सेटअप रहेको छ जसमा १२.२ मेगापिक्सेलको अप्टिकल स्टेबलाईज्ड इमेज सेन्सर क्यामरा राखिएको छ। यसको क्यामरामा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ भने यसले अनेकौं फोटो शटमध्येबाट उत्कृष्ट फोटो छान्न सक्दछ ।

त्यस्तै सेल्फीका लागि पिक्सेल ३ र पिक्सेल ३ एक्सएलमा ड्यूल क्यामरा सेटअप रहेको छ । दुबै फ्रन्ट क्यामराहरु ८ मेगापिक्सेल सेन्सरका छन् ।

गूगलको नयाँ फ्ल्यागशिप स्मार्टफोनमध्ये पिक्सेल ३ मा २,९१५ एमएएचको ब्याट्री रहेको छ भने पिक्सेल ३ एक्सएलमा ३,४३० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

गूगल पिक्सेल ३ को शुरुवाती मूल्य ७९९ अमेरिकी डलर छ भने पिक्सेल ३ एक्सएलको मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ । अमेरिकी बजारमा यसको लागि प्रि-अर्डर शुरु भईसकेको छ भने यसको बिक्री अक्टोबर १९ तारिखदेखि हुनेछ भने यूरोपको बजारमा नोभेम्बर २ तारिखदेखि उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

ताजा समाचार