टेलिकमका सेवाहरुमा दशैंको छुट अफर, ६ रुपैयाँमा नै दिनभरी कुरा गर्न र डेटा चलाउन पाईने

Technology Khabar २३ आश्विन २०७५, मंगलवार

टेलिकमका सेवाहरुमा दशैंको छुट अफर, ६ रुपैयाँमा नै दिनभरी कुरा गर्न र डेटा चलाउन पाईने
फाइल
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा छुट सेवा दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरुमा फरक फरक छुट उपलब्ध गराएको हो । कम्पनीले अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने उल्लेख गरेको छ ।

यी सेवाहरुमा पाईन्छ छुट

१. अनलिमिटेड प्याक-

यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रु. ६००।– मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र रु. ३००।– मा समेत उपलब्ध हुनेछ ।

सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम (WOW Time) र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ ।

२. भ्वाइस प्याक-

यस अन्तर्गत रु. ६।– मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

३. डेटा प्याक-

यस अन्तर्गत ३६ एमबी डेटा रु. ६।– मा एक दिनका लागि उपलब्ध हुनेछ । सो डेटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिने र कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने टेलिकमले जानकारी दिएको छ ।

यसबाहेक पनि कम्पनीले रिचार्जमा बोनस र इन्टरनेट सेवामा अफर ल्याएको छ ।

४. रिचार्जमा बोनस-

आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज (ERC) वा एमपोस (MPOS) बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रु. १००।– र २००।– को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । रु. १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

५. एडीएसएल/एफटीटीएच/वाइम्याक्स तर्फ

आगामी असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

तपाइको प्रतिक्रिया