ओपोद्वारा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा, बिजेताले सिंगापुर ट्रिप पाउने

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपाली महान चाड बडादशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्राण्डका कुनैपनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाइ आकर्षक उपहार जित्न सक्छन् ।

उपभोक्तालाई फोनको खरिदमा एक थान ‘लक्कि ड्र’ कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीकाअनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन गरी दूई पटक गोलाप्रथाको आयोजना गर्ने र छनोटमा परेका भाग्यशाली विजेतालाई आकर्षक उपहार प्रदान गरिने छ ।

‘नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड वडा दशैँ र तिहार आदरणिय उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेका छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर ओपो मोबाइल खरिद गरी उपभोक्ता यस उपहार योजनामा सहभागीता जनाउन सक्छन् । फोनको खरिदमा उपभोक्तालाई लक्कि ड्र कुपन उपलब्ध गराइने छ । यसको आधारमा दूई ओटा लक्कि ड्र (गोलाप्रथा)को आयोजना गरी विजेताहरुको छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।

पहिलो गोलाप्रथा नोवेम्बर ५मा आयोजना गरिनेछ भने दोस्रोको आयोजना डिसेम्बर ५मा हुने कम्पनीले जानकारी दिएको छ ।

क्याम्पेनअन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओपो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टीभी, चौथो वुफर र पाँचौं पुरस्कारका रुपमा ओपो ब्याग जित्न सक्नेछन् । साथै, सहभागी मध्ये तीन भाग्यशाली उपभोक्ताले ओपो नेपाल आइडल–२ ग्राण्ड फिनालेका लागि पासपनि जित्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Cheap Sex Cam Website