नेपालको बारे ओमानीहरुलाई जानकारी दिन ‘नेपलीज इन ओमन’ मोबाइल एप्स संचालनमा

काठमाडौं । नेपाली राजदूतावास, मस्कटद्वारा एक विशेष कार्यक्रमका बिच ‘नेपलीज इन ओमन’ (Nepalese in Oman) नामक मोबाइल एप्स शुरु गरेको छ ।

राजदूत सर्मिला पराजुली ढकालले सो मोबाइल एप्स शुरु गर्दै सूचना प्रविधिको वर्तमान युगमा ओमानमा रहनु भएका नेपालीहरु तथा ओमान आउन लाग्नुहुने नेपालीहरुलाई नेपाली राजदूतावास, ओमानका प्रमुख गन्तब्यहरु, ओमानका सरकारी निकायहरु, ओमानको श्रम कानून आदिका बारेमा आधारभूत जानकारीहरु दिई सहयोग गर्ने लक्ष्य रहेको जानकारी दिईन् ।

राजदूतले सो एप्सले नेपाली दूतावासबाट दिइने कन्सुलर सेवाहरुलाई भविष्यमा अनलाइन प्रणालीबाट प्रदान गरी दूतावासका सेवाहरु कागज बिहिन (Paperless) बनाउन सकिनुका साथै नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु उक्त एप्समा सामेल गरी ओमानीहरुलाई पनि नेपाल भ्रमणको लागि प्रयोग गर्न सकिने बनाइने योजना रहेको र यसरी नेपालको पर्यटन प्रवर्द्धन गर्दै नेपाल-ओमानबीचको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने जानकारी गराईन् ।

कार्यक्रममा दूतावासकातर्फबाट एप्सको बारेमा बिस्तृत प्रस्तुतीकरण दिइएको थियो।उक्त एप्समा केही समयको लागि बेटा भर्सन गरिएको पनि जानकारी गराइएको थियो ।

Leave a Reply