तहल्का टुरिष्ट बस अबदेखि पूर्ण अटोमेशनमा, अनलाइनबाट सहजै टिकट काट्न सकिने

Technology Khabar २१ आश्विन २०७५, आईतवार

तहल्का टुरिष्ट बस अबदेखि पूर्ण अटोमेशनमा, अनलाइनबाट सहजै टिकट काट्न सकिने

काठमाडौं ।

काठमाडौं । पर्यटकिय नगरी पोखरामा यातायात सेवा प्रदान गर्दै आएको तहल्का ट्राभल्स् एण्ड टुर्सद्धारा सञ्चालित तहल्का बसको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ ।

विगत लामो समयदेखि सञ्चालित पर्यटकिय बस सेवा कम्पनी तहल्का पूर्ण रूपमा अटोमेशनमा गएसँगै अनलाईनबाट टिकट काट्न सकिने भएको हो । ट्राभल्स्ले दियालो टेक्नोलोजिजले उत्पादन गरेको बि–सफ्ट नामक सफ्टवेयर प्रयोगगरी बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो ।

ट्राभल्स्का सञ्चालक जनकराज तिमल्सेनाले अबदेखि यात्रुहरू टिकट काट्नकै लागि काउन्टरसम्म धाएर समय र अतिरिक्त रकमको खर्च हुने परिपाटिको अन्त्य गर्न अनलाईन सेवा प्रदान गरेको बताए । ‘प्रविधिको प्रयोगबाट मुलुकमा धेरै किसिमका सहजता आइसकेको अवस्थामा बसको टिकट काट्न परम्परागत रूपमै काउन्टरसम्म पुग्नु भनेको अहिलेको प्रविधिको युगमा सहाउँदो होइन, अबदेखि यात्रुहरूले आफ्नै मोबाईल र ईन्टरनेटबाट टिकट काट्न सकुन् भन्ने उदेश्यले अनलाइन टिकटिङको सेवा दिएका हौँ,’ उनले भने ।

तहल्का ट्राभल्स् एण्ड टुर्स द्धारा सञ्चालित तहल्का टुरिष्ट बस काभ्रेको धुलिखेल र भक्तपुरदेखि देखि कास्कीको पोखरासम्म र पोखरादेखि धुलिखेल र भक्तपुरका लागि छुट्ने गर्दछ । अनलाइन टिकटटिङसँगै अबदेखि यात्रुहरूले तहल्का बस डटकम डट एनपी अथवा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सिधै टिकट काट्न सकिनेछ ।

यसैगरी यात्रुहरूले अनलाइन टिकट काटिसकेपछि आइएमइ पे, आइपे, एससिटी कार्ड लगायतका पेमेन्ट गेटवेका साथै अधिकांश बैंकका मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङ मार्फत् रकम भुक्तानी गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २१ आश्विन २०७५, आईतवार

ताजा समाचार