Technology Khabar २१ आश्विन २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ ।
मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सले आइतवार पत्रकार सम्मेलन गर्दै दशैं मोबाइल मेला यहि असोज २३ गतेदेखि असोज ३१ गतेसम्म संचालन हुने जानकारी दियो ।
दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताईएको छ ।
ताम्राकार कम्प्लेक्सभित्र सो अवधिमा मोबाइल किन्दा हरेक ग्राहकहरुले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् । दशैं मोबाइल मेलाको अवसर पारेर कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्ने संघले जानकारी दिएको छ ।
यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् ।
यसैगरि संघले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु.२०/– संकलन गरेर मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने जानकारी समेत दिईयो ।
दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए ।
‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरुलाई दशैंको अवसर पारेर विभन्न अफरहरुका साथमा सुपथ मुल्यमा फोनहरु बिक्री गर्नेछौं,’ उनले भने ।
यसो भने मोबाइल इम्पोटर्स एशोसिएसनका अध्यक्ष दिपक मलहोत्राले पत्रकार सम्मेलनमा
प्रकाशित: २१ आश्विन २०७५, आईतवार