Technology Khabar १८ आश्विन २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौँ । चीनले विश्वको प्रमुख टेक कम्पनीहरुको जासूसी गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । टेक कम्पनीहरु एप्पल, अमेजनसहित ३० प्रमुख कम्पनीहरुको सूपर कम्प्यूटरमार्फत जासूसी गरेको दाबी गरिएको छ ।
हालै ब्लूमबर्गले सार्वजनिक गरेको अनुसन्धानात्मक रिपोर्टअनुसार एप्पल, अमेजनसहितका मूख्य बैंकहरु, सरकारी ठेकेदारहरुलगायतका कम्पनीहरुले प्रयोग गर्ने सूपर माइक्रो कम्प्यूटरहरु र सर्भरको माध्यमबाट जासूसी गरिरहेको हो । सो रिपोर्टमा चीनमा बनेका कम्प्यूटरहरुमा चीप्सको प्रयोग गरेर यस्तो जासूसी गरिएको दाबी छ ।
चीनले एप्पल र अमेजनको मात्र नभई एफबीआई र स्पेस एजेन्सीको पनि जासूसी गरेको रिपोर्टमा भनिएको छ ।
ब्लूमबर्ग बिजनेसविक रिपोर्टअनुसार चीनको जासूसहरुले सुपर माइक्रो कम्पनीका लागि चीनको फ्याक्ट्रिमा बनेको मदरबोर्डमा चामलको दाना जत्रो निकै सानो माइक्रोचिप लगाएका छन् । यहि मदरबोर्ड अमेजन र एप्पसहित अमेरिकाका ३० कम्पनीहरुले आफ्नो सर्भरका लागि प्रयोग गर्ने गर्दछन् ।
सन् २०१५ मा अमेजनले स्टार्टअप कम्पनी इलेमेन्टल टेक्नोलोजीलाई किन्ने तयारीको अवस्थामा सो कम्पनीले ड्यूल डिलिजेन्सलाई सहयोग गर्न तेस्रो कम्पनीमार्फत गराएको सेक्यूरिटी अडिटको समयमा सो माइक्रोचिप फेला परेको हो । ती सर्भरहरु इलेमेन्टलको लागि सान जोसेमा रहेको सूपर माइक्रो कम्प्यूटर इन्कले एसेम्बल्ड गर्ने गर्दथ्यो, जुन विश्वको सबैभन्दा ठूलो सर्भर मदरबोर्डलगायतका सामाग्रीहरुको आपूर्तिकर्ता पनि हो ।
इलेमेन्टलको सर्भन अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स डाटा सेन्टरहरु,, सिआईएको ड्रोन अपरेसन, र नाभी वारसिपमा प्रयोग हुने गर्दछ । ती कम्प्यूटरहरुमा पनि सो माइक्रोचिप भेटिएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टअनुसार विश्वको मोबाइल फोनहरुमध्ये ७५ प्रतिशत र कम्प्यूटरहरुमध्ये ९० प्रतिशत चीनमा बन्ने गर्दछ ।सोहि आधारमा अनुमान लगाउन सकिन्छ की विश्वभर कति त्यस्ता हार्डवेयरहरु होलान जसमा यस्तो माइक्रोचिप प्रयोग गरिएको छ ।
ब्लूमबर्गको छानबिनअनुसार यो अमेरिकी कम्पनीहरुको विरुद्धमा अहिलेसम्मकै सबैभन्दा ठूलो सप्लाई चेन अट्याक हो ।
चीन सरकारले भने कुनैपनि जासूसी भएको विषय अस्विकार गरेको छ । चीनको विदेश मन्त्रालयले ब्लूमबर्गलाई भन्यो, ‘चीन साइबर सेक्योरिटीको ससक्त पहरेदार हो ।’
प्रकाशित: १८ आश्विन २०७५, बिहीबार