बससेवाबाट लिएको गाडिको टिकटकाे रकम आइएमई पे मार्फत तिर्न सकिने

काठमाडौं । बससेवा ट्राभल एण्ड टुर प्रालि अन्र्तगतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवाशुल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । सो विषयमा दुई कम्पनीहरु बिच सम्झौता भएको छ ।

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बससेवा ट्राभल एण्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले हस्ताक्षर गरे ।

बससेवा ट्राभल एण्ड टुरमार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शुल्क संकलन तथा भुक्तान गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।