विकास समितिले सोध्यो- दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नै किन नियुक्त गरियो ?

Technology Khabar १८ आश्विन २०७५, बिहीबार

विकास समितिले सोध्यो- दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नै किन नियुक्त गरियो ?
Classic Tech

काठमाडौँ । संसदको विकास समितिले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष दिगम्बर झालाई नियुक्ती गर्नाको कारणहरुको बारेमा प्रश्न उठाएको छ । बिहिबार बसेको विकास समितिको बैठकले दूरसंचार प्राधिकरणको अध्यक्षमा झालाई नियुक्ती गर्नाको बारेमा १५ दिनभित्र जवाफ दिन संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

वैठकमा सांसदहरुले संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई सो बारेमा सोधेका थिए । जसमा मन्त्री बाँस्कोटाले उनको नियुक्ती नियम, कानूनको अधिनमा नै रहेर गरिएको जवाफ दिएका थिए ।

उनको नियुक्तीको बारेमा बुझ्नका लागि भन्दै समितिले मन्त्रालयलाई ६ बुँदे निर्देशनसहित जवाफ पेश गर्न भनेको छ ।

झालाई वर्तमान सरकारले पदमुक्त गरेपछि फेरी अध्यक्षमा नियुक्त गरेको थियो । उनलाई भदौ ३१ गते ५ वर्षका लागि अध्यक्षमा नियुक्त गरेपछि उनले गरेको काम कारबाहिको बारेमा गठन गरेको छानबिन समितीको प्रतिवेदन भने सरकारले अझैसम्म सार्वजनिक गरेको छैन् ।

TK Viber

प्रकाशित: १८ आश्विन २०७५, बिहीबार

Loading...