विराटनगरमा आइसिटी एक्स्पो २०१८ आयोजना हुँदै

Technology Khabar १८ आश्विन २०७५, बिहीबार

विराटनगरमा आइसिटी एक्स्पो २०१८ आयोजना हुँदै

काठमाडौं । टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ ।

लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने भएको हो ।

प्रदेश नम्बर १ लाई मुख्य आधार बनाएर गर्न लागिएको उक्त प्रदर्शनीमा एक सयभन्दा बढीको स्टल रहने आयोजकले जनाएको छ ।

विराटनगरस्थित जैन भवनमा पुस ६ देखि १० गतेसम्म आयोजना हुने कार्यक्रममा स्टार्टअप, आइटी उद्यमीहरुको समेत उल्लेख्य सहभागिता रहनेछ । स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरुसँगै सफ्टवेयर, एप्लिकेशन र इनोभेसनमा नयाँ प्रविधिको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

सो अवसरमा स्थानिय निकायहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसपहरुसमेत सञ्चालन हुनेछन् । एक्स्पोमा आइसिटी अवार्डका विजेताहरुले समेत नयाँ प्रविधिहरुको प्रदर्शन गर्नेछन । कार्यक्रमका लागि अहिले स्टल तथा स्पोन्सर बुकिङ खुला भएको आयोजकले जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: १८ आश्विन २०७५, बिहीबार

Loading...