आइएमई पेबाट दशैँमा हवाई टिकट किन्दा रू.१० मा नै हवाई यात्रा गर्न पाईने

Technology Khabar १७ आश्विन २०७५, बुधबार

आइएमई पेबाट दशैँमा हवाई टिकट किन्दा रू.१० मा नै हवाई यात्रा गर्न पाईने

काठमाडौं ।

काठमाडौं । आइएमई डिजिटलद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।

सो स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पे बाट टिकट खरिद गर्ने यात्रुहरुमध्ये प्रत्येक दिन ६ जना भाग्यशाली विजेताले १० वाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउनेछन् ।

यो योजना असोज १७ गतेदेखि ३१ गतेसम्म गरी जम्मा १८ दिन कायम हुने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १७ आश्विन २०७५, बुधबार

ताजा समाचार