Technology Khabar १६ आश्विन २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि.ले नेपालीहरूको महान चाड दशैँलाई लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको छ । असोज २८ गतेसम्म सञ्चालन हुने सो उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जना भन्दा बढिले पुरस्कार जित्न सक्नेछन् ।
योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरू जित्ने मौका पाइने कम्पनीले जानकारी दिएको छ ।
इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट रू १०० वा सो भन्दा बढि रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागी हुनेछन् ।
पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य गरि ६ वर्गमा विभाजन गरिएको छ । अन्य उपहार जित्ने विजेताहरूको नाम प्रत्येक ३/३ दिनमा घोषणा गरिनेछ । बम्पर, प्रथम, दोश्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकहरुको नाम असोज २८ गते घोषणा गरिनेछ । सबै विजेता गोलाप्रथाबाट घोषित गरिने बताईएको छ ।
इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् । द्धितिय पुरस्कारमा दुई जनाले
इसेवापसलमा रू १० हजार बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीन जनाले टाइटनको घडि जित्न सक्ने कम्पनीको भनाई छ ।
यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले इसेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट, ५ जनालाई २४ सय बराबरको मिडास इक्लास, ५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई रू ५ सय बराबरको फुड कुपन प्रदान गरिनेछ । यी पुरस्कार हरेक ३–३ दिनमा ५६ जनाका दरले वितरण गरिनेछ । पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिसकिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार