सुबिसुले ल्यायो ‘शुभअफर’, मोडेम र जडान सेवासहित दुई हजारमै २० एमबीपीएसको इन्टरनेट

Technology Khabar १६ आश्विन २०७५, मंगलवार

सुबिसुले ल्यायो ‘शुभअफर’, मोडेम र जडान सेवासहित दुई हजारमै २० एमबीपीएसको इन्टरनेट
Classic Tech

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर प्रस्तुत गरेको छ । यो अफरमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

यस्तो छ अफरहरु-

क्लियर टिभी प्रिमियम प्याक अफर (Clear TV- Premium pack Offer)

क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००/–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

सुविसु इन्टरनेट फास्ट प्याक अफर (Subisu Internet- Fast Pack Offer)

इन्टरनेट सेवा अन्तर्गत २० एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै मोडेम र जडान सेवा मात्र रू २०००/–(कर सहित) मा प्राप्तगर्न सकिने छ ।

सुबिसु इन्टरनेट एण्ड क्लियर टिभी कम्बो प्याक अफर (Subisu Internet & Clear tv- Combo Pack Offer)

इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००/– (कर सहित) मा २ महिनाका लागि २५ एमबीपीएस अनलिमिटेड  इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १६ आश्विन २०७५, मंगलवार

Loading...