Technology Khabar १६ आश्विन २०७५, मंगलवार
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले पूर्ण सुविधा सहितको नयाँ शोरुम एन के मोटर्स चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको बताईएको छ ।
कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पाउँदा निकै खुशी लागेको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार