विराटनगर महानगरपालिकामा टेलिफोन सेवा अवरुद्ध, बनाउन दुई महिना लाग्ने

Technology Khabar १५ आश्विन २०७५, सोमबार

विराटनगर महानगरपालिकामा टेलिफोन सेवा अवरुद्ध, बनाउन दुई महिना लाग्ने

काठमाडौं ।

काठमाडौं । विराटनगर महानगरपालिकाका केहि क्षेत्रमा यही असोज १२ गतेदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको ६ लेनको बाटोमा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिए ।

नाला बनाउने क्रममा ३०० लाइन र ९०० लाइनका दुई संरचना ध्वस्त भएकाले सो क्षेत्रमा बितरित ७०० टेलिफोन अवरुद्ध भएको प्राविधिक खतिवडाले बताए ।

प्राविधिक खतिवडाले ध्वस्त संरचना तयार गर्न लगभग दुई महिना लाग्ने जानकारी दिए ।

easy care

प्रकाशित: १५ आश्विन २०७५, सोमबार