शाओमी एमआई ए २ अनबक्सिङः स्मार्टफोन किन्दा के के पाईन्छ बक्स भित्र ? हेरौं भिडियोसहित

Technology Khabar १५ आश्विन २०७५, सोमबार

शाओमी एमआई ए २ अनबक्सिङः स्मार्टफोन किन्दा के के पाईन्छ बक्स भित्र ? हेरौं भिडियोसहित
Global IME Bank

काठमाडौं ।

काठमाडौँ । शाओमीले केहि साता अघि मात्रै नेपाली बजारमा चार नयाँ स्मार्टफोनहरु लन्च गरेको छ । शाओमीका फोनहरु यसअघि देखि नै बजारमा रहेपनि कम्पनीले आधिकारिकरुपमा भने भर्खर मात्र आफ्नो उपस्थिती रहेको जानकारी दिएको हो ।

कम्पनीले बजारमा सार्वजनिक गरेका चार स्मार्टफोनहरुमा एमआई ए २(Mi A2), एमआई ए २ लाइट(Mi A2 lite), रेडमी ६ (Redmi 6) र रेडमी ६ ए (Redmi 6A) रहेका छन् ।

यो स्मार्टफोनहरु आइतवारदेखि बजारमा उपलब्ध भईसकेका छन् । यी मध्ये हामीले शाओमीको एमआई ए २ स्मार्टफोन रिभ्यूको लागि लिएर आएका छौं ।

एन्ड्रोयड वानमा आधारित यसअघिको एमआई ए वानको अपग्रेडेड भर्सनको रुपमा बजारमा एमआई ए २ स्मार्टफोन आएको हो ।

हामीले रिभ्यू र अनबक्सिङको लागि ब्ल्याक कलरको ४ जीबी र्याम ६४ जीबी स्टोरेज भर्सनको शाओमी एमआई ए २ यूनिट लिएर आएका छौं ।

शाओमी एमआई ए २ स्मार्टफोन बजारमा उपलब्ध भईसकेको अवसरमा ग्राहकहरुले स्मार्टफोन किन्दा बक्स भित्र के के पाउनुहुन्छ भनेर अनबक्सिङ गरेका छौं ।

यसको बक्स निकै नै आकर्षक डिजाइनको रहेको छ । जसको बाहिर कभरको अगाडि भागमा स्मार्टफोनको विभिन्न कलर अप्सनसहितको फोनको डिजाइन राखिएको छ भने त्यसको तल फोनको नाम र एन्ड्रोयड वान लेखिएको छ । नेपालमा उपलब्ध हुने अधिकांश शाओमीका फोनहरु ग्लोबल भर्सनमा उपलब्ध हुने गर्दछन्, जून जानकारी बाहिर नै उल्लेख हुन्छ । त्यस्तै फोन कभरको पछाडिको भागमा फोनको बारेमा विशेषतासहितको छोटो जानकारी दिईएको छ ।

फोनको बक्स खोल्दा तपाईँले अर्को सानो बक्स देख्नुहुन्छ, जसमा यूजर गाईड, सिम टूल किट र फोन कभर राखिएको हुन्छ ।

त्यसपछि विचको भागमा तपाईँले एमआई ए २ स्मार्टफोन पाउनुहुन्छ जसको अगाडि डिस्प्लेमा फोनको विशेषताहरुसहित प्लास्टिकले कभर गरेको देखिन्छ ।

फोन झिकिसकेपछि सबैभन्दा तल्लो भागमा भने तपाईँले चार्जिङ डक जसलाई बुझ्ने भाषामा चार्जर भनिन्छ र त्यसको लागि आवश्यक चार्जिङ केवल राखिएको देख्नुहुनेछ ।

 

 

 

 

 

 

 

 

 

 

हेरौं एमआई ए २ को अनबक्सिङ र फर्स्ट इम्प्रेसनको यो भिडियो-

https://www.youtube.com/watch?v=jiAUtg3t3H8&t=132s

यो स्मार्टफोन नेपाली बजारमा ३० हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ । निकै नै आकर्षक देखिने यो फोनको रिभ्यू भने हामी केहि दिनपछि प्रकाशित गर्ने छौं ।

[poll id=”8″]

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १५ आश्विन २०७५, सोमबार

ताजा समाचार