एलजीको दशैं, तिहार र छठ लक्षित गरी चाडपर्व छुट योजना, क्यास ब्याक र उपहारहरु पाईने

काठमाडौं । एलजीले दशैं, तिहार र छठ लक्षित गरी चाडपर्व छुट योजना ल्याएको छ। योजनाअन्तर्गत एलजीका सामानको खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट दिने कम्पनीले जानकारी दिएको छ।

योजनामा ६५ र ५५ इन्च ओएलइडी तथा एसयुएचमा साउन्ड बार, ५५ र ४५ इन्च युएचडीमा अडियो सिस्टम, ४३ र ४५ इन्च स्मार्ट टिभीमा म्याजिक रिमोट, ४३ इन्च युडिएच र ४५ इन्च स्मार्टमा ब्लुटुथ स्पिकर तथा ३६ हजारसम्म क्यास ब्याक पाईने जनाइएको छ।

एलजीका स्मार्ट तथा एलइडी टिभीमा २ बर्षको वारेन्टी रहेको छ ।

त्यस्तै, म्युजिक सिस्टममा २५ प्रतिशत क्यास ब्याक, फ्रिजमा भ्याक्युम क्लिनर तथा पिज्जा मेकर वा मिक्सर ग्रान्डर उपहार रहेको छ । साथै वासिङ मेसिनमा एलजीको सुपर कुकर र ड्राई आइरन पाइने कम्पनीले जानकारी दिएको छ।

माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा निशुल्क जडानको व्यवस्था रहेको छ ।

ओएलईडी, एसयुएचडी, युएचडी तथा स्मार्टमा फ्रि नेट टिभी तथा लाईभ च्यानल उपहार पाउन सकिने बताईएको छ । योजना नेपालभर असोज ११ गतेदेखि सिमित अवधिको लागी मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।