स्टक क्लियरेन्स मेलामा दशैंको सामान किन्नेको भिड

Technology Khabar १२ आश्विन २०७५, शुक्रबार

स्टक क्लियरेन्स मेलामा दशैंको सामान किन्नेको भिड

काठमाडौं ।

काठमाडौं । दशैंमा एकै छानामुनी सामान किन्न आउनेहरुको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा आकर्षक छुट समेत पाइने भएकाले भिड बढेको हो ।

दशैंका लागि सामग्री किन्न कता जाने भन्ने योजना बनाउनेहरुलाई एक्स्पोको आयोजकले एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला आयोजना गरेको हो । मेलामा पहिलो दिनदेखि नै सामान किन्न आउनेहरुको बाक्लो उपस्थिती देखिएको हो । २ दिनसम्ममा २५ हजार बढीले मेला भ्रमण गरेको आयोजकले जानकारी दिएको छ ।

स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ ।

आगामी सोमबारसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १२ आश्विन २०७५, शुक्रबार