ओपो एफनाइन स्टारी पर्पल रंगमा असोज तेस्रो साता सार्वजनिक गरिने

Technology Khabar ११ आश्विन २०७५, बिहीबार

ओपो एफनाइन स्टारी पर्पल रंगमा असोज तेस्रो साता सार्वजनिक गरिने
Classic Tech

काठमाडौं । ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । पछिल्लो महिना ओपो एफ नाइन (Oppo F9) लाई सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साता अर्थात असोज तेस्रो साताभित्रै आकर्षक स्टारी पर्पल रंगमा फोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।

ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ओपो एफनाइन सार्वजनिक समारोहमा एफ नाइन स्टारी पर्पलको घोषणा गरेदेखि नै फोन चर्चाको विषयका रुपमा रहँदै आएको थियो । सो समयदेखि नै उपभोक्ताहरु निकै उत्साहपूर्वक फोनको प्रतिक्षामा रहेका छन् ।’

५ मिनेटको चार्जमै २ घण्टाको टक टाइम उपलब्ध गराउने भोक फ्ल्याशचार्ज (Vooc flash charge) सुविधा सहितको ओपो एफनाइन स्टारी पर्पलमा उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरिएको छ । एफ नाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नवप्रर्बतन सम्बन्धित विशेषज्ञता दर्साउने सोचका साथ गरिएको छ ।

भोक फ्ल्याश चार्ज प्रविधि ओपोद्वारा स्वतन्त्ररुपमा विकसित प्रविधि हो । लो भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै यसले साधारण ५भी/१ए चार्जरका तुलनामा ४ गूणासम्म तिब्र गतिको चार्जिङ सुविधा उपलब्ध गराउने कम्पनीको दाबी छ ।

भोक प्रविधिमा एडेप्टरदेखि पोर्ट र फोनको आन्तरिक भाग सम्म ५ तहको सुरक्षा प्रणालीको ब्यवस्था गरिएको छ । यसमा भोल्टेज रिड्युसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसको माध्यमबाट फोनको प्रयोग गरिरहँदा समेत उच्चगतिको फास्ट चार्जिङलाई निरन्तरता दिन सकिन्छ जुनहाई भोल्टेज फास्ट चार्जले हालसम्म सपोर्ट गर्दैन ।

उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८%को उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री जडान गरिएको ओपो एफ नाइन स्टारी पर्पलले उत्कृष्ट सेल्फीफोनका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

Loading...