“सामसंगको दशैं अफर” नामक योजना, स्मार्टफोनको खरिदमा क्यास ब्याक र स्टार क्रुजमा जलयात्रा गर्न पाउने

Technology Khabar ११ आश्विन २०७५, बिहीबार

“सामसंगको दशैं अफर” नामक योजना, स्मार्टफोनको खरिदमा क्यास ब्याक र स्टार क्रुजमा जलयात्रा गर्न पाउने
Classic Tech

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा सामसंग स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर ल्याएको छ ।

“सामसंगको दशैं अफर” नाम दिइएको सो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको छ ।

यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्टफोन खरिदकर्ता वा सामसंगको ट्यावलेट खरिद गर्ने ग्राहकहरु मध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म) २ जना भाग्यशाली विजेताले सिंगापुर गई स्टार क्रुजमा जलयात्रा गर्न पाउने कम्पनीले जानकारी दिएको छ।

योजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुने छ । लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसंगको आधिकारिक पेज मार्फत् गरिने कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

Loading...