सर्च इन्जिन गूगल २० औं जन्मोत्सव मनाउँदै, हेर्नुस २० वर्षे यात्राको विशेष डूडल

Technology Khabar ११ आश्विन २०७५, बिहीबार

सर्च इन्जिन गूगल २० औं जन्मोत्सव मनाउँदै, हेर्नुस २० वर्षे यात्राको विशेष डूडल

काठमाडौं ।

काठमाडौँ । सर्च इन्जिन गूगलले (Google) बिहिबारबाट २० वर्ष पुरा गरेको छ । कम्पनीले आज आफ्नो २० औं जन्मदिन मनाईरहेको छ ।

जन्मोत्सवको अवसर पारेर गूगलले सर्च इन्जिन पेजमा विशेष डूडल तयार पारेको छ । जसले गूगलको २० वर्षे यात्राको बारेमा जानकारी दिन्छ ।

डूडलमा विशेषगरि यो २० वर्षमा कम्पनीले कसरी विश्वको विभिन्न भाषाहरुमा प्रयोगकर्ताहरुको आवश्यकता र उनीहरुको जिज्ञासालाई समाधान गर्ने प्रयास गर्यो भनेर देखाईएको छ।

सो डूडलको अन्त्यमा गूगलले आफ्नो यूजर्सहरुलाई २० वर्षसम्म गरेको सहयोग र समर्थनको लागि धन्यवाद समेत दिएको छ ।

गूगल दुई अमेरिकी छात्रहरुले कलेज प्रोजेक्ट वर्कको रुपमा शुरुवात गरेका थिए र पछि यो विश्वभर चर्चित हुन पुग्यो ।

https://www.youtube.com/watch?v=k0ic0yzAkcw

Global Bank
easy care

प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

ताजा समाचार