नोभा थ्री तथा नोभा थ्रीआई रेड तथा पर्ल ह्वाईट रङ्गमा उपलब्ध हुँदै

Technology Khabar ९ आश्विन २०७५, मंगलवार

नोभा थ्री तथा नोभा थ्रीआई रेड तथा पर्ल ह्वाईट रङ्गमा उपलब्ध हुँदै
NTC_Advt

काठमाडौं । ह्वावे नोभा सिरिजका दुईवटा सबैभन्दा सफल स्मार्टफोनहरू नोभा थ्री (Nova 3) तथा नोभा थ्री आई (Nova 3i) अब थपदुई रङ्गहरू रातो तथा पर्ल ह्वाईटमा उपलब्ध हुने भएकोछ ।

रातो रङ्ग अग्रिम बुकिङका लागि असोज ४ देखि असोज ८ गतेसम्म उपलब्ध भएको र यसको ब्रिकी असोज १० गते देखि सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

नोभा थ्री रातो रङ्गमा किन्न इच्छुक ग्राहकहरुले ह्वावेको आधिकारिक फेसबुक पेज र छानिएका ह्वावे शपहरुबाट अग्रीम बुकिङ गर्न सक्नेछन् ।

अन्तरर्राष्ट्रिय बजारमा रातो रङ्गको नोभा थ्री निकै लोकप्रिय भएको र यी रङ्गहरूले स्मुथ डबल कर्भ ग्लास प्यानल भएको नोभा थ्री तथा नोभा थ्री आईको आर्कषक डिजाइनहरूलाई थप आकर्षक बनाउने कम्पनीले जानकारी दिएको छ ।

पर्ल ह्वाईट रङ्गमा नोभा थ्री आई खरीद गर्न चाहने ग्राहकहरूका लागि पनि यो छिट्टै बजारमा उपलब्ध हुने बताईएको छ ।

यसअघि नोभा थ्री तथा नोभा थ्री आई आइरिस पर्पल तथा कालो रङ्गमा उपलब्ध थियो।

नोभा थ्रीको मूल्य ५९ हजार ९ सय रुपैयाँ तथा नोभा थ्री आई को मूल्य ३८ हजार ९सय रुपैयाँ रहेको छ ।

प्रकाशित: ९ आश्विन २०७५, मंगलवार