Technology Khabar ८ आश्विन २०७५, सोमबार
काठमाडौं ।
काठमाडौँ । विश्वभर अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरु एन्ड्रोयडको अपरेटिंग सिस्टममा आधारित स्मार्टफोन प्रयोग गर्ने गर्दछन् । त्यहि एन्ड्रोयड अपरेटिंग सिस्टमले १० वर्ष पुरा गरेको छ ।
लोकप्रिय अपरेटिंग सिस्टमको रुपमा प्रयोगमा आएको एन्ड्रोयड अपरेटिंग सिस्टम १० वर्षअघि सेप्टेम्बर २२, २००८ मा गूगलले बनाएको थियो । त्यसबेला गूगलका को फाउण्डरहरु सर्गी ब्रिन र ल्यारी पेजले विश्वमा पहिलो एन्ड्रोयड स्मार्टफोन सार्वजनिक गरेका थिए, जसको नाम थियो ‘जी वान'(G1)
यो स्मार्टफोनलाई गूगल, एचटीसी र टी मोबाइलले संयुक्तरुपमा विकास गरेका थिए । तत्कालिन समयमा सो फोनको मूल्य ३९९ अमेरिकी डलर तोकिएको थियो ।
यो पहिलो फोन थियो जून आइफोनलाई प्रतिस्पर्धा दिन बनाईएको थियो ।
१० वर्ष पुरा गरेको एन्ड्रोयड अपरेटिंग सिस्टम र त्यसमा आधारित पहिलो फोनको बारेमा रोचक जानकारीहरु जून तपाईँले थाहा पाउनुभएको छैन् ।
अहिले हरेक स्मार्टफोनको डिस्प्लेमा टच सेन्सर राखिएको हुन्छ । तर त्यसबेलाको स्मार्टफोनमा टच स्क्रीन सपोर्ट थिएन । फोनमा स्लाइडर कीबोर्ड तथा ट्रयाकबल मात्र थियो जसको सहयोगबाट तपाईँले टाइप गर्न र डिभाइसलाई नेभिगेट गर्न सक्नुहुन्थ्यो ।
पहिलो फोनलाई एचटिसी ड्रिमको नामबाट चिनिने
अमेरिकामा सार्वजनिक भएको फोन जी वान मोनिकर नाममा बिक्री हुने गर्दथ्यो भने अन्य बजारमा यो फोनको नाम एचटिसी ड्रिम राखिएको थियो । एचटिसी ड्रिम लाई २००८ मा सार्वजनिक गरिएपनि करिब १ वर्षपछि मात्र बजारमा बिक्रीका लागि उपलब्ध गराईएको थियो ।
फोनमा हेडफोन ज्याक थिएन
अहिले फोनमा नै गित संगित सुन्न मानिसहरु मन पराउँछन् । जसको लागि हेडफोन आवश्यक मानिन्छ र अधिकांश एन्ड्रोयड फोनमा हेडफोन ज्याक राखिन्छ । अहिले एप्पलले आफ्नो आइफोनमा पनि हेडफोन ज्याक हटाउने गरेको छ । तर यस्तो प्रयोग एन्ड्रोयडले पहिले गरेको थियो । पहिलो एन्ड्रोयड फोनमा हेडफोन ज्याक थिएन् । इयरफोनलाई कनेक्ट गर्नको लागि यूजर्सले एडप्टर लगाउनु पर्दथ्यो ।
प्ले स्टोर थिएन तर जीमेल र म्याप्सको सुविधा
प्ले स्टोर सार्वजनिक गर्नुभन्दा पहिले गूगलले एन्ड्रोयड मार्केट बनाएको थियो, जहाँबाट मानिसहरुले एप्स डाउनलोड गर्ने गर्दथे । जी वान स्मार्टफोन इन बिल्टरुपमा नै गूगल सर्च, म्याप्स र जीमेल फीचरका साथमा आउने गर्दथ्यो ।
१० लाख यूनिट बिक्री
पहिलो एन्ड्रोयड फोन जी वान सार्वजनिक भएको पहिलो ६ महिनाभित्र कम्पनीले फोनको १० लाख यूनिट बिक्री गरेको थियो । तर करिब २ वर्षसम्म फोन बन्द गरियो ।
दोस्रो एन्ड्रोयड फोन २०१० पछि
पहिलो स्मार्टफोन जी वान निकै लोकप्रिय फोनको रुपमा रहेको थियो तर पनि दोस्रो एन्ड्रोयड फोन आउनका लागि बजारले २ वर्ष कुर्नुपरेको थियो । दुई वर्षपछि एचटीसी म्याजिक नामक एन्ड्रोयड फोन सार्वजनिक भएको थियो । त्यसपछि भने सामसंग, एलजी, मोटोरोला लगायतका कम्पनीहरुले एन्ड्रोयडमा आधारित डिभाइसहरु लन्च गर्न शुरु गरे ।
आइफोनको प्रतिस्पर्धी
जी वान एन्ड्रोयड फोन लन्च गरेको बेलामा एप्पल आइफोन दोस्रो पुस्तामा थियो । आइफोन बिस्तारै लोकप्रिय हुँदै थियो तर निकै महंगो थियो ।
एप्पल आइओएसले ब्ल्याकबेरी ओएस र नोकिया सिम्बियन अपरेटिंग सिस्टमलाई पुर्णरुपमा समाप्त गरेपनि एन्ड्रोयडलाई गर्न सकेन् । एन्ड्रोयड अहिले पनि विश्व स्मार्टफोन बजारमा एप्पलको आइओएसका लागि चुनौतीको विषय भएको छ ।
प्रकाशित: ८ आश्विन २०७५, सोमबार