पाेर्न साइटसम्मको पहुँच बन्द गर्दै सरकार, यौनजन्य हिंसा बढाएको ठहर

Technology Khabar ६ आश्विन २०७५, शनिबार

पाेर्न साइटसम्मको पहुँच बन्द गर्दै सरकार, यौनजन्य हिंसा बढाएको ठहर
संचार तथा सूचना प्रविधि मन्त्रालय भवन । फाइल फोटो ।

काठमाडौं ।

काठमाडौं । सरकारले यौनजन्य सामग्री तथा अश्लिल पोर्न साईटहरुमाथि रोक लगाउने भएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ता विद्युतिय संचार तथा ईन्टरनेटमार्फत हुने यस किसिमका सामग्रीहरुमाथि बन्देज लगाउन नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ ।

मन्त्रालयले ईन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य तथा अस्लिल सामग्रीको आदान प्रदान तथा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै यस्ता मामग्रीमा प्रतिबन्ध लगाउनु आवश्यक रहेको स्पष्ट पारेको छ ।

इन्टरनेटको माध्यमबाट यौनजन्य सामाग्रीहरुमा सहज पहुँचले नेपाली समाजको मूल्य मान्यता र सामाजिक सदभावमा खलल पुगेको मन्त्रालयको ठहर छ ।

यस्तै यस्ता सामग्रीले यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्ने पनि मन्त्रालयले उल्लेख गरेको छ ।

अश्लिल सामग्रीहरु विद्युतीय सञ्चार तथा ईन्टरनेटको माध्यमबाट आदान प्रदान, प्रकाशन र प्रसारण नगर्न दुरसञ्चार सेवा प्रदायक, ईन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्तालाई पनि आह्वान गरेको छ ।

Global Bank
easy care

प्रकाशित: ६ आश्विन २०७५, शनिबार

ताजा समाचार