अब फेसबुकबाट नै डेटिंग गर्न सकिने, फेसबुकले सार्वजनिक गर्यो डेटिंग एप

Technology Khabar ५ आश्विन २०७५, शुक्रबार

अब फेसबुकबाट नै डेटिंग गर्न सकिने, फेसबुकले सार्वजनिक गर्यो डेटिंग एप
Classic Tech
Nepal Telecom

काठमाडौं । सोसियल नेटवर्क फेसबुकले यसअघि घोषणा गरेको डेटिंग एप सार्वजनिक भएको छ । कम्पनीले घोषणा गरेको करिब ४ महिनापछि डेटिंग फिचर थप गरिएको छ ।

यो फेसबुक डेटिंग एप हाल केबल एउटा देश कोलम्बियामा मात्र परिक्षणको रुपमा सार्वजनिक गरिएको कम्पनीले भनेको छ ।

यो एप त्यस्तै प्रतिस्पर्धी हिंग्ज जस्तै रहेको विश्लेषकहरुको भनाई छ । यी दुबैले स्वीपिंग मोडललाई पछ्याउँछन्। यसको नयाँ विशेषताहरु भनेको फेसबुक डेटिंगलाई ग्रुप र इभेन्टहरुसँग जोडिएको छ । त्यस्तै फेसबुकले डेटिंगको लागि प्रयोगकर्ताहरुलाई सार्वजनिक रुपमा भेट्नको लागि अभिप्रेरित गर्दछ ।

हाल फेसबुक डेटिंग पूर्णरुपमा फेसबुकको मोबाइल एपमा मात्र राखिएको छ भने हाल यो डेस्कटपमा उपलब्ध छैन् । यो प्रयोग गर्नका लागि फेसबुक प्रयोगकर्ताले ह्यामबर्गरको जस्तो चिन्ह भएको मेनुमा ट्याप गर्नुपर्ने हुन्छ । यो केबल १८ वर्ष वा सो भन्दा माथि उमेरका प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध छ । त्यस्तै निशुल्क प्रयोग गर्न सकिन्छ भने कुनै विज्ञापनजन्य विषयहरु छैनन् ।

यदि तपाईँलाई फेसबुक डेटिंग प्रयोग गर्न आवश्यक छैन भने तपाईँले यसको लागि विकल्प छनौट गर्न सक्नुहुनेछ । तर प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँको छुट्टै डेटिंग प्रोफाइल बनाउका लागि सोधिने छ जसमा तपाईँको बारेमा राखिएका व्यक्तिगत जानकारीहरुसम्मको पहुँचलाई सिमित गरिएको छ ।

केबल तर्पाइँको पहिलो नाम र उमेर मात्र फेसबुक प्रोफाइलबाट लिईएको छ र गोपनियता मापन गर्न दिईएको छ । तपाईँले डेटिंग प्रोफाइल बनाईसकेपछि तपाईँको बारेमा छोटकरीमा लेख्नको लागि भनिएको छ र कस्तो मानिसलाई खोजिरहनुभएको छ भनेर सोधिन्छ ।

तपाईँले खोजेको छनौटका व्यक्तिहरु सो एपमा करिब १०० किलोमिटरको वरिपरि छन भने म्याचिंग गर्न सकिन्छ । यसबाहेक सो एपमा अन्य धेरै फीचरहरु राखिएको छ ।

फेसबुकले मानिसहरुका बिचमा सहि कुराकानी गराउने लक्ष्यका साथ यो एप ल्याएको भनेको छ । हुकअप भन्दा माथि उठेर सहि सम्बन्ध बिस्तार गर्नका लागि केन्द्रित भएको बताएको छ । यो एपमा १०० जनाको प्रोफाइल तपाईँले हेर्न सक्नुहुन्छ भने असिमितरुपमा मानिसहरुलाई मेसेज गर्न सक्नुहुन्छ । एजेन्सी

TK Viber

प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार

Loading...