सामसंगले ल्यायो तीनवटा रियर क्यामरा भएको पहिलो स्मार्टफोन, छेउ भागमा फिंगरप्रिन्ट स्क्यानर

Technology Khabar ४ आश्विन २०७५, बिहीबार

सामसंगले ल्यायो तीनवटा रियर क्यामरा भएको पहिलो स्मार्टफोन, छेउ भागमा फिंगरप्रिन्ट स्क्यानर

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले तीन क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मिड रेन्जमा ग्यालेक्सी ए सेभेन २०१७ (Galaxy A7 2018) स्मार्टफोन लन्च गरेको हो ।

ग्यालेक्सी ए सेभेन स्मार्टफोन तीन क्यामरा (Triple camera) भएको सामसंगको पहिलो स्मार्टफोन हो ।

ग्यालेक्सी ए सेभेन मा ६ इन्चको सूपर एमोलेड इन्फिनिटी डिस्प्ले राखिएको छ भने यसको फिंगरप्रिन्ट स्क्यानर साइडमा दिईएको छ ।
दुई भेरिएन्टमा उपलब्ध हुने यो फोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजका साथमा आउँछ । यसको स्टोरेजलाई एसडी कार्डमार्फत ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

फोटोका लागि यो स्मार्टफोनमा तीनवटा रियर क्यामरा राखिएको छ । यसमा २४ मेगापिक्सेल प्लस, ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ । त्यस्तै सेल्फीका लागि २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनमा बोकेह फीचर छ जसमा सेल्फी फोकस, प्रो लाइटनिंग मोड ओआर इमोजी लगायतका फीचर छन् ।

कनेक्टिभिटीका लागि फोनमा फोरजी भीओएलटिई, वाईफाई, जीपीएस, ब्लूटूथ र हेडफोन ज्याक छ भने फोनमा ३,३०० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

मूल्य करिब ४०० अमेरिकी डलर भएको यो फोन अक्टोबरदेखि  सिमित यूरोप र एशियाली मुलुकहरुमा छिटै उपलब्ध हुने अनुमान गरिएको छ ।

प्रकाशित: ४ आश्विन २०७५, बिहीबार

Comments are closed.

Loading...