ओपोद्वारा ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

Technology Khabar ४ आश्विन २०७५, बिहीबार

ओपोद्वारा ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

काठमाडौं ।

काठमाडौं । ओपोले तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ ।

काठमाडौंको कमलपोखरी स्थित आफ्नै ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई परस्कृत गरेको हो । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

भाद्र २८ देखि ३१ सम्म चार दिनका लागि सञ्चालित उक्त प्रतियोगितामा सन्देश, कमेण्ट लगायत विभिन्न माध्यमबाट आफ्नो सेल्फी पठाइ ईच्छुकहरुले उत्साहजनक सहभागिता जनाएका थिए ।

कन्टेष्टका विजेताका रुपमा प्रकृती ढुङना, स्मृति श्रेष्ठ र सरिना गुरुङ छनोटमा परेका थिए । विजेताहरुलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ । प्रतियोगिता अन्तर्गत कम्पनीले ईच्छुकलाई आफ्ना तीज सम्बन्धित सेल्फी ह्यासट्याग ओपोएफनाइन तथा ह्यासट्याग माईतीजएनपी सहित पोष्ट गर्न आग्रह गरेको थियो । यसरी नियमबद्ध पोष्ट गरिएका तस्विर मध्येबाट कम्पनी ३ विजेताको छनोट गरेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ४ आश्विन २०७५, बिहीबार

ताजा समाचार