अब फोरजी वा फाइभजी होईन् सिक्सजी प्रविधिको तयारी, १ टिबीपिएसको गति पाईने

Technology Khabar ४ आश्विन २०७५, बिहीबार

अब फोरजी वा फाइभजी होईन् सिक्सजी प्रविधिको तयारी, १ टिबीपिएसको गति पाईने

काठमाडौं ।

काठमाडौं । विश्वका सबै देशहरु अहिले नयाँ पुस्ताको प्रविधि फाइभ जी भित्र्याउने तरखरमा छन यो सेवा पूर्णरुपमा सन् २०१९ को शुरुवातदेखि केहि मुलुकहरुमा प्रयोगमा आउने अनुमान गरिएको छ ।

विश्वभर फाइभ जीको चर्चाका साथसाथै त्यो भन्दा एडभान्स प्रविधि सिक्सजीमा पनि काम संचालन भईरहेको छ ।

अनुसन्धानकर्ताहरुले ६जी( 6G) को काम तिब्रगतिमा केहि वर्षमा शुरु गर्नसकिने गरि काम गरिरहेका छन् ।

अहिले विकसित देशहरु फाइभजी लन्च गर्ने तयारीमा भईरहेको बेलामा फिनल्याण्डका अनुसन्धानकर्मीहरु भने फाइभ जी भन्दा पनि आधुनिक र उत्कृष्ट प्रविधिको लागि काम गरिरहेका छन् । यसले आर्टिफिसियल इन्टेलिजेन्स, भच्र्युअल रियालिटी तथा इन्टरनेट अफ थिंग्सको क्षेत्रमा नयाँ संभावना सिर्जना गर्ने अनुमान गरिएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा तिब्रगतिको प्रविधि हुने अपेक्षा गरिएको छ।

नोकियाको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर हाल ५ जी(5G) मा कार्य गरिरहेको छ भने त्यो लन्च हुने बित्तिकै ६जी प्रविधिमा अनुसन्धान केन्द्रित गर्नेछ । यूनिभर्सिटी अफ ओलूका साथ विश्वका ६० भन्दा बढि संगठनहरु फाइभजी टिएन (फाइभजी टेस्ट नेटवर्क) मा काम गरिरहेका छन् । यो नेटवर्क यूनिभर्सिटीको क्याम्पस क्षेत्र बाहेक शहरी इलाकामा पनि काम गरिरहेको छ ।

फाइभजी टेस्ट नेटवर्क लाई विश्वको पहिलो सिक्सजी नेटवर्क भन्न सकिन्छ । सो रिसर्च सेन्टरले ६जेनेसिस नामको ८ साल लामो अनुसन्धान कार्यक्रममा काम गरिरहेको छ जसको कुल लागत २५१ मिलियन यूरो रहेको छ ।

यूनिभर्सिटी अफ ओलूको इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन डिपार्टमेन्टमा एकेडेमी अफ फिनल्याण्डले यो प्रोजेक्टमा लगानी गरेको छ भने कर्पोरेट पार्टिसिपेन्टको रुपमा नोकिया सहभागी छ ।

के हो ६जी

नेपालजस्तो मुलुकमा अहिले थ्रीजी नै प्रमुख टेक्नोलोजी हो जहाँ फोरजी बिस्तार भर्खर शुरु भएको छ । अहिले नेपालमा फाइभ जीको बारेमा कुनै चर्चा परिचर्चा छैन तर छिमेकी मुलुकहरु भारत र चीन भने ५जी टेस्ट गर्ने क्रममा छन् । नेपालमा फाइभ जी आउन अझै कति वर्ष लाग्छ थाहा छैन् ।

यस्तोमा ६जी भनेको केहो भन्ने जिज्ञासा हुनु स्वभाविक हो । सिक्स जी हाल चर्चामा रहेको फाइभजीभन्दा विकसित प्रविधि हो । सिक्स जीको माध्यमबाट तपाईँले वान टेराबाईटको स्पीडमा इन्टरनेट चलाउन सक्नुहुन्छ । अर्थात १ टेराबाइटको गतिमा डाटा आदान प्रदान गर्न सक्नुहुन्छ । आर्टिफिशियल इन्टेलिजेन्सको सहयोगमा लेटेन्सीलाई सुधार गर्न सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: ४ आश्विन २०७५, बिहीबार

ताजा समाचार