शाओमीको एमआई ८ लाइट स्मार्टफोन चीनमा सार्वजनिक, ड्यूल रियर क्यामरा फीचर

Technology Khabar ३ आश्विन २०७५, बुधबार

शाओमीको एमआई ८ लाइट स्मार्टफोन चीनमा सार्वजनिक, ड्यूल रियर क्यामरा फीचर
Classic Tech

काठमाडौं । शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी एमआई ८ लाइट (Xiaomi Mi 8 Lite) सार्वजनिक गरेको छ ।

कम्पनीले चीनमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको नयाँ स्मार्टफोनमा ६.२५इन्चको फूल एचडी प्लस डिस्प्ले राखिएको छ ।सो फोनको स्क्रीन रिजोल्यूशन २५६०x१०८० पिक्सेल छ।

शाओमी एमआई ८ लाइटमा टप नोच डिस्प्ले छ भने फोनमा क्वालकम स्न्यापड्रागन ६६० एआई अक्टा-कोर प्रोसेसर राखिएको छ । फोनमा एड्रेनो ५१२ जीपीयू छ ।

फोटोका लागि शाओमी एमआई ८ लाइटमा सोनीको सेन्सरका साथ १२ मेगापिक्सेलको सेल्फी क्यामरा छ भने १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ । फोनमा आर्टिफिशियल ईन्टेलीजेन्समा आधारित फीचरहरु राखिएको छ ।

यो फोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेज, ६ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्याम १२८ जीबी स्टोरेजको भेरिएन्टमा उपलब्ध हुनेछ ।

फोनमा एआई स्मार्ट ब्याट्री टेक्नोलोजी छ भने एआई मेकअप ब्यूटी फीचर तथा भिडियो रेकर्डिंग फीचर उपलब्ध छ ।

शाओमी एमआई ८ लाइटमा मा फोरजी एलटिई, वाईफाई, जीपीएस, तथा ब्लूटूथ ५.० कनेक्टिभिटी अप्शन राखिएको छ ।

शाओमी एमआई ८ लाइटमा ३,३५० एमएएच ब्याट्री प्याक राखिएको छ भने ड्रिम ब्लू, ट्वीलाइट गोल्ड र ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनेछ । यो स्मार्टफोन चीनमा बुधवारदेखि नै प्री-बुकिंग शुरु भएको छ भने २५ सेप्टेम्बरदेखि बिक्रीका लागि उपलब्ध हुने छ । चीन भन्दा बाहिरी बजारमा कहिले यो फोन उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

प्रकाशित: ३ आश्विन २०७५, बुधबार

Comments are closed.

Loading...