विद्युतीय सवारीसाधन उत्पादनको दौडमा कतार, ९ अर्ब डलर लगानी गर्ने

Technology Khabar ३ आश्विन २०७५, बुधबार

विद्युतीय सवारीसाधन उत्पादनको दौडमा कतार, ९ अर्ब डलर लगानी गर्ने
Classic Tech

काठमाडौं। विश्वभर चलिरहेको विद्युतीय सवारीसाधन कुदाउने होडमा मध्यपूर्वको देश कतार पनि सहभागी भएको छ । कतारले सन् २०२३ भित्र पहिलो विद्युतीय सवारीसाधन उत्पादन गर्ने घोषणा गरेको छ ।

विद्युतीय सवारीसाधन उत्पादनका लागि ९ अर्ब डलरको लगानीमा कारखाना स्थापना गर्ने कतारको योजना छ । यस्तो प्रकारको उत्पादन मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी पत्रिका ‘कतार ट्रिवुन’ले बताएको छ ।

कतार क्वालिटी कम्पनीले उत्पादन गर्ने सो विद्युतीय सवारीसाधन पेट्रोल तथा डिजेलबाट चल्ने गाडीभन्दा पूरै फरक प्रकारको हुने कम्पनीका अध्यक्ष अलि विन नासेर अल मिस्नादले बताएका छन् । सन् २०२४ सम्ममा ५ लाख वटा विद्युतीय सवारीसाधनको उत्पादन गर्ने योजना बनाइएको र उत्पादित सवारीसाधन अन्य राष्ट्रमा पनि निर्यात गरिने उनको भनाइ छ । विद्युतीय सवारीसाधन उत्पादनका लागि ६ ओटा कम्पनी स्थापना गर्ने र हरेकमा सवारीसाधनका फरकफरक पार्टपुर्जा बनाइने उनले जानकारी दिए ।

पछिल्ला वर्षहरूमा विद्युतीय गाडी निर्माणमा चीन, अमेरिका तथा यूरोपेली राष्ट्रलगायत लागि परेका छन भने केहि मुलुकहरु विद्युतिय गाडि मात्र संचालन गर्ने योजनामा रहेका छन्।

एजेन्सी

TK Viber

प्रकाशित: ३ आश्विन २०७५, बुधबार

Loading...