गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टम रेनो, निसान र मित्सुविसी कारहरुमा प्रयोग गरिने

Technology Khabar ३ आश्विन २०७५, बुधबार

गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टम रेनो, निसान र मित्सुविसी कारहरुमा प्रयोग गरिने

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टम रेनो-निसान-मित्सुविसी कम्पनीले आफ्ना कारहरुमा प्रयोग गर्ने भएका छन् ।

यहि मंगलवार रेनो-निसान-मित्सुविसी कार निर्माता गठबन्धनले अल्फाबेटको गूगल एन्ड्रोयड अपरेटिंग सिस्टम प्रयोग गर्ने घोषणा गरेका हुन् । यो घोषणा अमेरिकी टेक कम्पनीका लागि इन्फोटेनमेन्ट बजारको ठूलो शेयर हिस्सा प्राप्त गर्न सहयोगी हुने अनुमान गरिएको छ ।

उल्लेखित तीनै कार निर्माता कम्पनीहरुले गत वर्ष १ करोड ६ लाख गाडिहरु संयुक्तरुपमा बिक्री गरेका थिए, जसले आगामी दिनमा आउने मोडलहरुमा गूगल एप्लिकेसन्स र सर्भिसहरुसहित ल्याउने बताएका छन् । जसमा म्याप्स र भ्वाइस कमाण्ड गर्ने गूगल असिस्ट्यान्ट पनि हुनेछ ।

यसअघि नै साना उत्पादकहरुमध्येको एक भोल्भो कार्सले यसअघि नै एन्ड्रोयड अटो आफ्ना गाडिहरुमा राखिने निर्णय गरिरहेको छ । तर अहिलेको घोषणाले स्ट्याण्डअलोन टेक कम्पनीहरुलाई आफ्नो लागतको बारेमा पुन सोच्ने अवसर प्रदान गरेको छ ।

अहिलेको घोषणाले गूगललाई अन्य कम्पनीहरुसँग पनि व्यवसायीक सम्बन्ध जोड्न सहयोगी हुने विश्लेषकहरुले अनुमान गरेका छन् ।

धेरैजसो ठूला कार निर्माताहरुले एप्पल आइफोन वा एन्ड्रोयड स्मार्टफोनसँग इन्फोटेनमेन्टलाई जोड्न चाहन्छन, तर केहि प्रिमियम प्रतिस्पर्धिहरु बिएमडब्लू ड्यामल मर्सिडिज बेन्जलगायतले भने ठूलो लगानीमा आफ्नै अपरेटिंग सिस्टम तयार पारिरहेका छन्, जसमा भोकल असिस्ट्यान्स र कनेक्टेड सर्भिसेज हुनेछ ।

रेनो-निसान-मित्सुविसी गठबन्धनले नयाँ इन्फोटेनमेन्ट सिस्टमलाई रिमोट भेहिकल डाईग्नोस्टीक्स र ओभर-दि-एयर अपग्रेड क्यापाबिलिटीजसँग जोड्ने बताएका छन जसमा उनीहरुले आफ्नै क्लाउड बेस्ड सर्भिस दिनेछन् ।

यी कार निर्माता गठबन्धनद्धारा तयार पारिएको पहिलो एन्ड्रोयड अपरेटिंग सिस्टमसहितको गाडि सन् २०२१ मा लन्च गरिनेछ बताईएको छ ।

माध्यम

easy care

प्रकाशित: ३ आश्विन २०७५, बुधबार