यसरी गर्नुहोस् एप्पलको नयाँ अपरेटिंग सिस्टम अपडेट, यी डिभाइसहरुमा मात्रै गर्छ सपोर्ट

Technology Khabar २ आश्विन २०७५, मंगलवार

यसरी गर्नुहोस् एप्पलको नयाँ अपरेटिंग सिस्टम अपडेट, यी डिभाइसहरुमा मात्रै गर्छ सपोर्ट

काठमाडौं ।

काठमाडौं । एप्पलले नयाँ अपरेटिंग सिस्टम यूजरहरुका लागि उपलब्ध गराएको छ । यहि सेप्टेम्बर १२ मा आयोजना गरिएको इभेन्टमार्फत कम्पनीले नयाँ आइफोनका साथमा मोबाइल अपरेटिंग सिस्टम आईओएस १२ (iOS 12) भर्सनको रिलीजको घोषणा गरेको थियो ।

कम्पनीले यहि सेप्टेम्बर १७ तारिखदेखि उपलब्ध गराएको नयाँ आइओएस १२ भर्सनमा नयाँ फीचरहरु पनि थप गरिएको छ ।

यसका साथमा कम्पनीले एप्पल वाचका लागि वाच ओएस ५ भर्सन (WatchOS 5) पनि जारी गरेको छ । वाच ओएस ५ भर्सन पुरानो जेनेरेशनको लागि पनि उपलब्ध हुनेछ तर यो फस्र्ट जेनेरेशनको वाचका लागि भने हुनेछैन् ।

आइओएसको नयाँ भर्सन जूनमा आयोजित डेभलपर्स कन्फ्रेन्समा प्रस्तुत गरिएको थियो । जून अधिकांश आइफोन र आइप्याडहरुमा सपोर्ट गर्दछ ।

नयाँ आइओएस १२ भर्सन डाउनलोड गर्न तपाईँको आइफोनले सपोर्ट गर्छ वा गर्दैन भन्ने विषय महत्वपूर्ण रहेको छ । कम्पनीकाअनुसार यसले आइओएस ११ भर्सनमा काम गर्ने सबै डिभाइसहरुमा सपोर्ट गर्दछ र प्रयोग गर्न सकिनेछ ।

यी डिभाइसमा छ आइओएस १२ सपोर्ट

एप्पलले ल्याएको नयाँ अपरेटिंग सिस्टम एप्पलको आइफोन एक्स एस, आइफोन एक्सएस म्याक्स, आइफोन एक्स आर, आइफोन एक्स, आइफोन ८, आइफोन ८ प्लस, आइफोन ७, आइफोन सेभेन प्लस, आइफोन ६ एस, आइफोन सिक्स एस प्लस, आइफोन सिक्स, आइफोन सिक्स प्लस, आइफोन एसई, आइफोन ५एसमा सपोर्ट गर्दछ र अपडेट गर्न सकिन्छ ।

यसका साथै फस्ट र सेकेण्ड जेनेरेशनको १२.९ इन्चको आइप्याड प्रो, १०.५ इन्चको आइप्याड प्रो, ९.७ इन्चको आइप्याड प्रो, ५औं र छैटौं पुस्ताको आइप्याड, आइप्याड एयर २, आइप्याड एयर, आइप्याड मिनी ४, आइप्याड मिनी ३ र आइप्याड मिनी २ मा अपडेट गर्न सकिन्छ । त्यसैगरि छैटौं जेनेरेशनको आइप्याड टचमा पनि आइओएस १२ भर्सन डाउनलोड गरेर अपडेट गर्न सकिन्छ ।

आइफोनको ब्याकअप सेभ गर्नुहोस्

तपाईँको आइफोन वा आइप्याडमा आइओएस १२ भर्सन अपडेट गर्नुभन्दा पहिले तपाईँ आइट्यून्स र आइक्लाउडको सहयोगबाट आफ्नो डिभाइसमा ब्याकअप गर्नुहोस् । कहिलेकाँही अपडेटको बेलामा डाटाहरु हराउनसक्ने संभावना रहन्छ । तपाईँको आइफोनमा अपडेट गर्नको लागि सो अवधिमा केहि फ्रि स्पेसको आवश्यकता पर्दछ । किनकी नयाँ भर्सनको अपरेटिंग सिस्टम २.७७ जीबी साइजको छ ।

कसरी गर्ने अपडेट

आफ्नो आइफोनको ब्याकअप लिईसकेपछि तपाई एप्पलको नयाँ अपरेटिंग सिस्टम अपडेट गर्न तयार हुनुस् । यसको लागि कुनै कम्प्यूटर वा आइट्यून्स सफ्टवेयरको आवश्यकता पर्दैन तर तपाईँको डिभाइसमा वाईफाई वा कनेक्सनमार्फत इन्टरनेट चलिरहेको हुनुपर्दछ ।

डिभाइसको चार्जको अवस्था

कुनैपनि सफ्टवेयर अपडेट गर्दा निकै समय र उर्जाको खपत हुन्छ । त्यसैले तपाईँको डिभाइसमा ब्याट्रि पर्याप्त हुनुपर्दछ वा त्यसलाई चार्जमा राख्न सकिन्छ । अपडेट भईरहेको बेलामा ब्याट्रि सकिएर डिभाइस अफ भयो भने त्यसले तपाईँको फोनलाई नै समस्यामा पार्न सक्दछ । त्यसैले ब्याट्रि कति छ भनेर जाँच गर्नुहोस् ।

ओभर दि एयर अपडेट

सबै विषय ठिक छ भन्ने स्पष्ट भईसकेपछि तपाईँ आफ्नो डिभाइसको सेटिंगमा जानुहोस् । जहाँ अंग्रेजीमा जनरल लेखिएको स्थान भेट्नुहुन्छ, त्यसलाई क्लिक गर्नुहोस् । जनरलको भित्री सफ्टवेयर अपडेट भन्ने ट्याब राखिएको देख्नुहुनेछ, जहाँ तपाईँले ट्याप गरेर सफ्टवेयरको बारेमा विस्तृतमा हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले अपडेट भन्ने स्थानमा ट्याप गर्नुहोस र अटोमेटिक आइओएसको नयाँ भर्सन तपाईँको डिभाइसमा इन्स्टल हुन्छ ।

आइट्यूनको माध्यमबाट

तदि तपाईँको डिभाइसमा सिधै एप्पलको नयाँ भर्सनको आइओएस अपडेट गर्न चाहनुहुन्न भने तपाईँले आइट्यून्सको सहयोग लिनसक्नुहुन्छ । यदि तपाईँले आइट्यून्सको माध्यमबाट आफ्नो डिभाइसमा नयाँ आइओएस १२ अपडेट गर्नुहुन्छ भने त्यो ओटिए भन्दा तिब्र अपडेट हुन्छ ।

एप्पलको डिभाइसमा अपडेट पुरा भएपछि तपाईँको डिभाइस अटोमेटिक अफ हुन्छ र फेरी अटोमेटिक अन हुनेछ । यो प्रकृया पुरा गर्न करिब २०÷२५ मिनेटसम्म लाग्नसक्दछ र यो तपाईँको इन्टरनेटको क्षमतामा निर्भर हुन्छ ।

यसका साथै तपाईँले एप्पलको नयाँ वाच ओएस पनि आफ्नो एप्पल वाचमा अपडेट गर्न चाहनुहुन्छ भने पहिलो भर्सनको एप्पल वाच बाहेक सबैमा अपडेट गर्न सकिनेछ ।

यसरी गर्नुस एप्पल वाच ओएस ५ अपडेट

अपडेटको लागि सबैभन्दा पहिले तपाईँको आइफोनमा आइओएस १२ भर्सन अपडेट भएको हुनुपर्नेछ । त्यसपछि अपडेटेड आइफोनको नजिक तपाईँको एप्पल वाच राख्नुस् ।

त्यसपछि आइफोनमा रहेको वाच एपमा ट्याप गर्नुस र वाच एपको सेटिंगमा जानुहोस् । त्यसपछि जनरलमा जानुस र फेरी सफ्टवेयर अपडेटमा ट्याप गर्नुहोस् । यसपछि तपाईँको आइफोनको स्क्रीनमा दिएको निर्देशनअनुसार ट्याप गर्दै जानुस् । यसबेलामा तपाईँको आइफोन इन्टरनेट कनेक्सनमा हुनुपर्नेछ । त्यसको केहि समयमा नै तपाईँले एप्पल वाचको नयाँ सफ्टवेयर वाचओएस ५ भर्सन अपडेट भएको पाउनुहुनेछ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ आश्विन २०७५, मंगलवार

ताजा समाचार