एनसेलले ल्यायो संविधान दिवसमा नयाँ अफर, छुटसहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा

Technology Khabar २ आश्विन २०७५, मंगलवार

एनसेलले ल्यायो संविधान दिवसमा नयाँ अफर, छुटसहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा

काठमाडौं ।

काठमाडौं । एनसेलले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले आकर्षक छुटसहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् ।

एनसेलका ग्राहकहरुले असोज २ गतेदेखि अफरको लाभ लिन सक्नेछन् । अफर १५ दिन सम्म सञ्चालनमा रहने कम्पनीले जानकारी दिएकोछ ।

विषेश योजना अन्र्तगत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र रु ५ (कर बाहेक) मा माईफाइभ सेवा सुचारु गरी एनसेलका पाँच वटा आत्मिय (माईफाइभ) नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन् । विद्यमान शुल्कमा माईफाइभ सेवा सुचारु गर्न प्रति महिना कर बाहेक रु २० र माईफाइभ नम्बरहरुमा कुरा गर्न प्रति मिनेट ९९ पैसा (कर बाहेक) लाग्दछ ।

कसरी गर्ने सेवा शुरु

एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ५५८८ ह्यास (*5588#) डायल गरी अफर अन्तर्गत एक महिनाका लागि माईफाइभ सेवा सुचारु गर्न सक्छन् । प्रत्येक महिना स्वतः नविकरण हुने गरी माईफाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स ५५९९ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्छन् । पाँच वटा नम्बरहरु माईफाइभ सर्कलमा राखी सके पश्चात नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

आईफ्लिक्सको डेटा शुल्क

एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आईफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । ग्राहकले अब आईफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकहरु मध्ये कुनै पनि प्याक कर बाहेक मात्र रु १० मा सुचारु गर्न सक्ने बताईएको छ।

विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याकहरु- एक घण्टाको आईफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आईफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाईट आईफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाईट आईफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) को दर कर बाहेक रु ४४.२५ रहेको थियो ।

एनसेलका ग्राहकले अब आईफ्लिक्सका यी डेटा प्याक मात्र रु १० (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टहरुको मनोरञ्जन लिन सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २ आश्विन २०७५, मंगलवार

ताजा समाचार