स्मार्टफोन निर्माता कम्पनी वनप्लसले अब स्मार्ट टिभी बनाउने

Technology Khabar १ आश्विन २०७५, सोमबार

स्मार्टफोन निर्माता कम्पनी वनप्लसले अब स्मार्ट टिभी बनाउने
फाइल फाेटाे

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी वनप्लसले (OnePlus) स्मार्टफोन बजारमा निकै राम्रो प्रदर्शन गरिरहेको बेला अब कम्पनी नयाँ क्षेत्रमा कदम चाल्ने संकेत दिएको छ ।

कम्पनीले स्मार्टफोनपछि स्मार्ट टेलिभिजन निर्माणको क्षेत्रमा हात हालेको हो । कम्पनीको एक ब्लगपोष्टमार्फत जानकारी दिएको छ ।

कम्पनीका संस्थापक तथा सिईओ पीट लाउले नयाँ डिभिजनको नेतृत्व गर्नुका साथै अहिलेको स्मार्टफोन डिभिजन पनि सम्हाल्नेछन् । पोष्टमा लाउले भनेका छन की वनप्लस अब आफ्नो कोशिस अगाडि बढाईरहेको छ जहाँ कनेक्टेड ह्यूमन एक्सपेरियन्सलाई बनाउने छ ।

नकाअनुसार कम्पनीले आफ्नो स्मार्टफोनको फर्मुला स्मार्ट टिभीमा पनि प्रयोग गर्नेछ ।

वनप्लसको स्मार्ट टिभीमा टिभी शो र मूभी बाहेक अन्य धेरै विषयहरु हुनेछन् । लाउले टिभीलाई इन्टेलिजेन्ट कनेक्टिभिटीको नाम दिएका छन् । तर यसमा कस्ता फिचरहरु हुन्छन भन्ने जानकारी छैन् ।

लाउकाअनुसार टिभी निकै स्मार्ट प्रविधियुक्त हुनेछ र त्यसले फाइभजी तथा आर्टिफिशियल इन्टेलिजेन्समा काम गर्नेछ ।

easy care

प्रकाशित: १ आश्विन २०७५, सोमबार