महिलाको पर्समा राखिएको ग्यालेक्सी नोट नाइनमा आगो लाग्यो, सामसंग विरुद्ध मुद्धा दायर

Technology Khabar १ आश्विन २०७५, सोमबार

महिलाको पर्समा राखिएको ग्यालेक्सी नोट नाइनमा आगो लाग्यो, सामसंग विरुद्ध मुद्धा दायर

काठमाडौं । सामसंगको ब्याट्री समस्याले कम्पनीलाई निकै समस्यामा पारेको यसअघि उत्पादन बन्द भएको ग्यालेक्सी नोट सेभेन फोन सार्वजनिक पछि नै हो । तर यस्तो समस्या कम्पनीले अझ भोक्ने संकेत देखिएको छ ।

कम्पनीका सिईओ डिजे कोहले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) सार्वजनिक गर्ने क्रममा नै यो स्मार्टफोनको ब्याट्री सबैभन्दा सुरक्षित रहेको बताएका थिए । तर हालै आएको एक रिपोर्टअनुसार सो दाबी झुटो ठहर हुनसक्ने देखिएको छ ।

रिपोर्टअनुसार अमेरिकाको लंग आइल्याण्ड न्यूयोर्कमा बस्ने एक महिलाको पर्समा राखिएको ग्यालेक्सी नोट नाइनमा अचानक आगो लागेर पड्किएको छ । ती महिलाकाअनुसार उनको पर्समा राखिएको स्मार्टफोनमा अचानक आगो लागेको थियो र फोन पड्कियो ।

अमेरिकी समाचार संस्था न्यूयोर्क पोष्टकाअनुसार रियर स्टेट एजेन्ट डायने चुंगले सेप्टेम्बर ३ तारिखमा सो घट्ना भएको दाबी गरेकी छिन् । जतिबेला उनी लिफ्टमा जाँदै थिईन, अचानक पर्समा राखेको फोनमा आगो लागेको थियो ।

चुंगकाअनुसार फोन प्रयोग गरिसकेपछि अचानक अधिक तातो हुन लागेको थियो र त्यसपनि उनले फोनलाई आफ्नो पर्समा राखिन् । त्यसपछि भने उनले केहि जलेको जस्तो आवाज सुनिन् । त्यसपछि उनले आफ्नो पर्स फ्यांकिन र पर्सबाट आफ्नो सामान लिकाल्ने चक्करमा उनका केहि औंलाहरु पनि जल्न पुगे ।

त्यसपछि भने एक व्यक्तिले सो ब्यागको माथि कपडा राख्यो र पानीको भाँडोमा हालेर निभाएको चुंगले क्वीन्स सुप्रीम कोर्टमा सामसंग कम्पनीको विरुद्धमा मुद्धा दायर गरेको रिपोर्टमा उल्लेख छ ।

यहि अगस्टमा सामसंगले ग्यालेक्सी नोट नाइन सार्वजनिक गरेको थियो, जसमा ४,००० एमएएचको ब्याट्री राखिएको छ ।

कम्पनीले यो स्मार्टफोनको ब्याट्रीको कार्यक्षमता निकै उत्कृष्ट रहेको दाबी गर्दै आएको छ ।

कम्पनीले सो घट्नाको बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि पनि ग्यालेक्सी नोट सेभेन स्मार्टफोन विश्वभर पड्किने र आगो लाग्ने समस्या आएपछि कम्पनीले २५ लाख भन्दा बढि सेटहरु फिर्ता गरेको थियो ।

माध्यम स्रोत

प्रकाशित: १ आश्विन २०७५, सोमबार

Comments are closed.

Loading...