प्राइमलाइफ इन्स्योरेन्स र नेपाल बैंक बिच बैंकासोरेन्स सम्झौता

Technology Khabar १ आश्विन २०७५, सोमबार

प्राइमलाइफ इन्स्योरेन्स र नेपाल बैंक बिच बैंकासोरेन्स सम्झौता

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंक बिच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे ।

सो सम्झौता भएपश्चात प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १ आश्विन २०७५, सोमबार

Loading...