Technology Khabar ३१ भाद्र २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले संविधान दिवस २०७५’ को अवसरमा ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ ।
सो अफरअन्तरगतअसोज १ देखि १५ गते सम्म करसहित १८ रुपैयाँमा सो प्याक खरिद गर्न सकिने छ ।
प्याक खरिद गरे पश्चात ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (Unlimited) कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।
प्रकाशित: ३१ भाद्र २०७५, आईतवार