एनसेलको ‘रिचार्ज एण्ड विन’ अफरअन्तरगत दुई विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण

Technology Khabar ३० भाद्र २०७५, शनिबार

एनसेलको ‘रिचार्ज एण्ड विन’ अफरअन्तरगत दुई विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण
NTC_Advt

काठमाडौ । एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तरगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

पहिलो हप्ताका विजेताहरु मंगलबार भदौ २६ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारणमार्फत छानिएका हुन् । १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले बिहिबार जनही नगद एक लाख पुरस्कार पाए।

एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दुई विजयीहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहिबार जनही एक लाख नगद पुरस्कार प्रदान गरे।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

यो योजना अन्तरगत प्रत्येक विजयीले खुद एक लाख नगद पुरस्कार पाउँछन् यो योजना अन्तरगत प्रत्येक विजयीले खुद एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ । ग्राहकले आइतबारदेखि शनिबार सम्मको अबधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३० भाद्र २०७५, शनिबार