दुई सिम प्रयोग हुने आइफोन नेपालमा आउँछ ? ई-सिम सपोर्टले यसरी गर्छ नेपाली नेटवर्कमा काम

Technology Khabar ३० भाद्र २०७५, शनिबार

दुई सिम प्रयोग हुने आइफोन नेपालमा आउँछ ? ई-सिम सपोर्टले यसरी गर्छ नेपाली नेटवर्कमा काम

काठमाडौं ।

काठमाडौं । एप्पलले पहिलो पटक ड्यूल सिम सपोर्ट गर्ने आइफोन (Dual SIM iPhone) सार्वजनिक गरेको छ । दुई सिम प्रयोग गर्न चाहने नेपाली ग्राहकहरुले पनि एप्पलको नयाँ आइफोनको प्रतिक्षा गरिरहेका छन् ।

तर निराशाजनक विषय यो छ की ड्यूल सिम भएको आइफोन नेपाली बजारमा भने उपलब्ध हुनेछैन् । फिजिकल ड्यूल सिम सपोर्ट आइफोन केबल चीनमा मात्र प्रयोग गर्नसकिने गरि कम्पनीले उत्पादन गरेको जानकारी दिईसकेको छ । त्यसैले आधिकारिकरुपमा ड्यूल सिम सपोर्ट आइफोन नेपालमा आउँदैन् ।

ड्यूल सिम सपोर्ट आइफोन नेपालमा नआएपनि ई-सिम (e-SIM) सपोर्ट गर्ने भेरिएन्ट एप्पलले नेपालमा ल्याउने छ । तर अधिकांश यूजर्सलाई यो ई सिमले कसरी कामगर्दछ र प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा मनमा छ ।

एप्पलले आइफोनमा पहिलो पटक इ सिम कन्सेप्ट ल्याएपनि यसअघि नै एप्पल वाच सिरिज ३ (Apple Watch Series 3) को सेल्यूललर एडिसनमा पनि ई सिम सपोर्ट दिएको थियो ।

ई-सिम सपोर्ट हुने फोनमा एक सिम स्लट मात्र हुनेछ तर प्रयोगकर्ताले दुईवटा मोबाइल नम्बर प्रयोग गर्न सक्दछ । एउटा फिजिकल सिम कार्ड हुनेछ भने अर्को ई सिम मात्र हुनेछ ।

नेपालमा एप्पलले नयाँ आइफोनहरुका लागि मोबाइल अपरेटर एनसेलसँग पार्टनरसिप गर्नसक्नेछ । किनकी यसअघि पनि एप्पलले एनसेलसँगको बण्डलिंगमा आइफोन बेच्दै आएको छ । एनसेलले आइफोनको नयाँ मोडलहरुमा पहिलेदेखि नै सिम इन्स्टल गरेर ग्राहकलाई फोन दिनेछन जुन ग्राहकले झिक्न सक्नेछैनन र यो फोनको हिस्साको रुपमा रहन्छ ।

तर तपाईँले सो फोन नम्बरबाहेक अर्को नम्बर पनि चलाउन चाहेमा भने तपाईँले अर्को सिम प्रयोग गर्न सक्नुहुन्छ र दुईवटा नम्बर प्रयोग गर्न पाउनुहुन्छ । यदि तपाईँले चाहेमा ई सिमको नेटवर्क पनि परिवर्तन गर्न सक्नुहुनेछ र त्यसको लागि पुरानो सिम झिक्ने र नयाँ सिम लगाउने जस्तो झन्झट काम गर्नुपर्ने छैन् ।

के हो ई-सिम

ई-सिमको पुरा अर्थ ईम्बेडेड सब्सक्राईबर आइडेन्टिटी मोड्यूल (Embedded Subscriber Identity Module) हो । यो सामान्य सिम जस्तो मोबाइलबाट झिक्न र राख्न मिल्दैन र यसलाई अपरेटरले नै सामान्य सिम जस्तै नियन्त्रण र प्रयोग गर्न सक्दछ ।

ई-सिम र फिजिकल सिम (जुन हाल हामीले आफ्नो मोबाइल नम्बरको लागि प्रयोग गर्दै आएका छौं), दुबैको काम एकै हो । तर फिजिकल सिमको तुलनामा ई-सिम अधिक दक्षता भएको मानिन्छ । यसका साथै तपाईँले एउटा थप सिम बोकेर हिंड्ने समस्याबाट मुक्त बन्नुहुन्छ । ई-सिमद्धारा तपाईँले दुई कम्पनीको फरक फरक डाटा प्याक पनि प्रयोग गर्नसक्नुहुन्छ भने फोन गर्न र दुईवटा छुट्टाछुट्टै नम्बर प्रयोग गर्न सक्नुहुन्छ ।

यो एक प्रकारको ड्यूल सिम सपोर्ट गर्ने अन्य फोनजस्तै हुन्छ । एउटा नम्बरमा कल आउँदा अर्को नम्बर व्यस्त भएको जानकारी दिन्छ । तर दुबै फोन नम्बरमा एकै पटक फोन आउनसक्छ । आइफोनमा एक पटकमा एउटा मोबाइल कम्पनीको डाटा नेटवर्क मात्र प्रयोग गर्न सकिन्छ, किनकी यसमा ड्यूल सिम ड्यूल स्ट्याण्डबाई फिचर हुन्छ । केहि ड्यूल सिम सपोर्ट गर्ने स्मार्टफोनहरुमा ड्यूल सिम एक्टिभ सपोर्ट हुन्छ जसमा एकै पटकमा दुई नेटवर्क प्रयोग गर्न सकिन्छ ।

उदाहरणको लागि एप्पलले एनसेलसँग बण्डलिंग गरेर ई-सिम (e-SIM) सपोर्ट गर्ने आइफोन बिक्री गर्दा(जुन अहिलेसम्म गरिरहेको छ) त्यसमा एनसेलले सिम झिक्न नमिल्ने गरि राखेको हुन्छ । तर तपाईँलाई नेपाल टेलिकमको सेवा पनि प्रयोग गर्न मन भएमा तपाईँले आइफोनमा भएको ई-सिम फिचरमार्फत नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गर्न सक्नुहुनेछ । अर्थात अब तपाईँसँग एनसेल र नेपाल टेलिकमको छुट्टाछुट्टै दुईवटा मोबाइल नम्बर हुनेछ ।

त्यस्तै तपाईँले नेपाल टेलिकमको सेवा छोडेर स्मार्ट टेलिकमको सेवा प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँको ई-सिम फिचरले त्यो सुविधा पनि दिन्छ र टेलिकमको नम्बरको स्थानमा स्मार्टको मोबाइल नम्बर प्रयोग गर्न सकिनेछ । अर्थात अब तपाईँसँग एनसेल र नेपाल टेलिकमको छुट्टाछुट्टै दुईवटा मोबाइल नम्बर हुनेछ ।

नयाँ आइफोन नेपालमा आएमा यसले ल्याएको ई सिम सपोर्ट फिचरका कारण यसको ग्राहक सँख्या निकै बढ्नसक्ने संभावना देखिएको छ ।

easy care

प्रकाशित: ३० भाद्र २०७५, शनिबार