भिडियो र टेलिफोन कन्फरेन्सबाटै बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति बैठक बस्नसक्ने

Technology Khabar २५ भाद्र २०७५, सोमबार

भिडियो र टेलिफोन कन्फरेन्सबाटै बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति बैठक बस्नसक्ने
प्रतिकात्मक तस्विर

काठमाडौं ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिको बैठक भिडियो र टेलिफोन कन्फरेन्समार्फत समेत बस्न सक्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाका सबै सञ्चालकहरु भौतिकरुमा अनिवार्य बैठकमा उपस्थित नभए पनि हुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एकिकृत निर्देशिकामार्फत यस्तो ब्यवस्था गरेको हो ।

यसअघि बैंक सञ्चालकहरु व्यवसायमा आबद्ध तथा अन्य कुनै पेशा गरेका व्यक्ति हुने भएकाले कतिपय बैठकमा उपस्थित हुन नसक्ने समस्या थियो । यस्तो समस्यालाई मध्यनजर गर्दै राष्ट्र बैंकले भिडियो वा टेलिफोन कन्फरेन्सका माध्यमबाट पनि सञ्चालकहरुले बैठकमा आफ्नो उपस्थिति जनाउन सक्ने व्यवस्था गरेको हो ।

‘सञ्चालक समितिको सदस्य समितिको बैठकमा नियमित रुपमा उपस्थिति हुनु पर्नेछ । यस्तो उपस्थिति भिडियो र टेलि कन्फरेन्सको माध्यमबाट समेत हुन सक्नेछ । मनासिव माफिकको कारण तथा पूर्वसूचना बिना लगातार ३ पटकभन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा त्यस्तो सञ्चालकको पद स्वतः रिक्त भएको मानिनेछ,’ एकिकृत निर्देशिकाको ५६ नं बुँदामा भनिएको छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २५ भाद्र २०७५, सोमबार

ताजा समाचार