२५.५० लाख मूल्य पर्ने फक्सवागनको नयाँ पोलो १.० बजारमा

Technology Khabar २५ भाद्र २०७५, सोमबार

२५.५० लाख मूल्य पर्ने फक्सवागनको नयाँ पोलो १.० बजारमा

काठमाडौं ।

काठमाडौं । फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले फक्सवागनको नयाँ मोडलको गाडी पोलो १.० नेपाली बजारमा भित्राएको छ । कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलनकोे आयोजना गरी नयाँ गाडी बजारमा आएको जानकारी दिएको हो ।

९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको उक्त गाडी इन्धन बचतमा कोशेढुंगा बन्ने कम्पनीको दावी छ । यसअघि नेपाली बजारमा फक्सवागन पोलो गाडी १६०० र १२०० सीसीमा उपलब्ध थियो ।

आर्थिक वर्ष ०७५/०७६ को बजेटमा व्यवस्था भए अनुसार १००० सीसी भन्दा माथिका गाडीमा कर वृद्धि गरिएको भए पनि यो नयाँ मोडलको गाडि खरिदले उपभोक्तालाई उक्त कर वृद्धिले कुनै असर नपर्ने कम्पनीको दावी छ ।

गाडीको बजार मुल्य २६ लाख पन्चानब्बे हजार रहने जानकारी कम्पनीले दिएको छ । नजिकिदै गरेको नेपालीहरूको महान चाड दशैंको शुभ अवसरमा कम्पनीले गाडीको मुल्यमा विशेष छुटको व्यवस्था गरेको छ । जस अनुसार गाडी बुक गर्ने पहिलो सय ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने छन् ।

विशेष छुट सहितको उक्त मोडलको गाडीमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश रहेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा पूजा इन्टरनेशनल प्रा.लि. का कार्यकारी अधिकृत विबेक विजुक्छेले अन्तर्राष्ट्रिय गाडीको व्यापारमा पछिल्ला दुई वर्षमा फक्सवागन अग्रपंक्तिमा रहेको बताए ।

Global Bank
easy care

प्रकाशित: २५ भाद्र २०७५, सोमबार