एप्पलका उत्पादन महंगो हुनसक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी, अमेरिकामा नै बनाउन सुझाव

Technology Khabar २४ भाद्र २०७५, आईतवार

एप्पलका उत्पादन महंगो हुनसक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी, अमेरिकामा नै बनाउन सुझाव

काठमाडौं ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पलको उत्पादनहरुको मूल्य बढ्नसक्ने बताएका छन् । उनले ट्वीट गर्दै अमेरिकी टेक कम्पनी एप्पलले चीनमा उत्पादनहरु सामाग्रीहरुमा कर बढाउने चेतावनी दिँदै एप्पलका उत्पादनहरुको मूल्य बढ्ने चेतावनी दिएका हुन् ।

उनले उत्पादनहरुको मूल्य नबढ्ने सरल उपाय पनि ट्वीटमार्फत एप्पललाई दिएका छन् । उनले एप्पलका उत्पादनहरुमा शुन्य ट्याक्स मात्र नभई ट्याक्स इन्सेन्टिभ पनि प्राप्त हुनसक्ने बताएका छन् ।

तर त्यसको लागि एप्पलले चीनमा उत्पादनहरु बनाउनुको साटो अमेरिकामा नै आफ्ना उत्पादनहरु तयार गर्न अमेरिकी राष्ट्रपतिले भनेका छन् । उनले नयाँ प्लान्ट बनाउन पनि सुझाव दिएका छन् ।

यसअघि ट्रम्पले शुक्रबार बोल्दै भारत र चीन तथा बढ्दो अर्थतन्त्रहरुका लागि दिईने अनुदान रोक्न चाहेको बताएका थिए ।

उनले निकै अगाडिदेखि नै विदेशी सामाग्रीहरुमा कर बढाउने चेतावनी दिँदै आएका छन भने विश्व व्यापार संगठनको पनि आलोचना गर्दै आएका छन् ।

उता एप्पलले यसअघि नै आफ्नो केहि उत्पादनहरुको मूल्य बढ्नसक्ने जानकारी ग्राहकहरुलाई दिईसकेको छ । एप्पलको एयरपोड हेडफोन, बिट फोनलगायत केहि सामाग्रीहरु महंगो हुनसक्नेछन् ।

Global Bank
easy care

प्रकाशित: २४ भाद्र २०७५, आईतवार

ताजा समाचार