दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त

Technology Khabar २१ भाद्र २०७५, बिहीबार

दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरण(एनटिए)को अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

सरकारले अध्यक्ष झालाई ५ वर्षको लागि नियुक्त गरेको छ ।

नव नियुक्त झाले नियुक्त भएको आफुले पनि भर्खर मात्र थाहा पाएको बताए । ‘नियुक्त भएको खबर आएको छ, मैले काम शुरु गरेपछि यसअघि बाँकी भएका कामहरु अब तिब्रगतिमा अगाडि बढाउनेछु,’ उनले टेक्नोलोजीखबरसँग भने ।

यसअघि सरकारले प्राधिकरणको रुपमा कार्यरत झालाई राजनीतिक नियुक्ति भएको भन्दै पदमुक्त गरेको थियो । तर सरकारले पुनः अध्यक्षमा झालाई नियुक्त गरेको हो ।

सरकारले सञ्चार तथा सूचना मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा गठन गरेको सिफारिस समितीको सिफारिसको आधारमा अध्यक्षमा झालाई नियुक्त गरेको हो । सो समितिले झासहित शुसिल घिमिरे तथा पुरुषोत्तम खनाललाई सिफारिस गरेको थियो । त्यसअघि सञ्चार तथा सुचना प्रविध मन्त्रालयले खुला दरखास्त माग गरेको थियो । सो प्रतिस्पर्धामा १५ जनाले आवेदन दिएका थिए ।

TK Viber

प्रकाशित: २१ भाद्र २०७५, बिहीबार

Loading...